relans
ni new 83
nib 2082 5

लिच्छविकालीन सप्तपाताल पोखरी पुनःनिर्माण गरिँदै

Janjati Khabar | २०८१ जेठ २५, शुक्रबार

लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छविकालीन सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनःनिर्माण हुने भएको छ । लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनःनिर्माणसँगै वरिपरि हरियाली रुखका रोप्ने काम सुरु भएको हो ।

रु ३७ लाख ५० हजारमा पोखरी खन्न ललितपुर महानगरसँग भएको सम्झौताअनुसार शिव निर्माण सेवाले पोखरीमा जम्मा भएको माटो निकाल्ने काम अन्तिम चरणमा पु¥याएको ठेकेदार कम्पनीका प्रमुख रोशनकुमार थापाले जानकारी दिनुभयो । “ठेक्का सम्झौताअनुसार आगामी साउनको ३० गतेसम्म पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परीक्षण प्रतिवेदनसमेत महानगरलाई बुझाउनु पर्नेछ”, उहाँले भन्नुभयो, “तोकिएको समयअगावै काम सम्पन्न गरेर महानगरलाई बुझाउने तयारी गरिरहेका छौँ ।”

पोखरीविज्ञ पद्मसुन्दर जोशी, आकाशे पानीविज्ञ प्रकाश अमात्य, पुष्पमान अमात्य, सुरेन्द्र श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठलगायत टोलीको विज्ञताका आधारमा ललितपुर महानगरले लगनखेलस्थित उक्त पोखरीको पुनःनिर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेर काम सुरु गरेको थियो । सोहीअनुसार अहिले पोखरीको वरिपरि पारदर्शी बार लगाउने काम सम्पन्न भइसकेको छ ।

नमूना मच्छिन्द्र स्कुलले मिचेर बनाएका टहरासमेत भत्काएर पुनःनिर्माण गर्न ठूलो सङ्घर्ष गर्नुपरेको स्थानीय पूर्ण स्थापितले बताउनुभयो । “वर्षौँसम्म छलफल र दबाब दिएपछि पोखरीलाई फिर्ता ल्याएका हौँ”, उहाँले भन्नुभयो, “सप्तपातल जोगाउन १५ वर्ष कानुनी लडाइँ लड्नु पर्यो । यहाँ पहिलाकै जस्तो पोखरी बनाउने योजना अनुसार महानगरले पहल थालेको छ ।”

पाटन सहरलाई पुनर्जीवन दिन सो पोखरी सहायकसिद्ध हुने ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । “यस पोखरीमा पानी भरेपछि नजिकका पोखरी र ढुङ्गेधारामा बाह्रै महिना पानी झर्ने विश्वास छ । यस पोखरीमा पानी भर्न यहाँभन्दा १४ किलोमिटरमाथि टीकाभैरवबाट राजकुलो हुँदै पानी ल्याउने अभियान छ”, उहाँले भन्नुभयो, “सातदोबाटो चक्रपथ निर्माण हुँदा राजकुलो पुरिएपछि यहाँ पोखरी मासियो । सप्तपाताल पोखरी पनि सुकेपछि अतिक्रमण बढेको थियो । अब यसलाई जीवन्त बनाउने योजनामा लागेका छौँ ।”

Categorized in उपत्यका
ppp 2