STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ आषाढ १०, मंगलबार

    अवैध भरुवा बन्दुकसहित पक्राउ

    जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् । आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिनुभयो । तामाङलाई अस्थायी प्रहरी चौकी रानीटारको...

  • २०७६ आषाढ १०, मंगलबार

    दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

    सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा कार चालक ५८...

  • २०७६ आषाढ १०, मंगलबार

    लागुऔषधसहित तीन युवक पक्राउ

    महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का ३६ वर्षीय राजाराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । गए राति करीब साढे ९ बजेतिर भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट...

  • २०७६ आषाढ १०, मंगलबार

    दुर्घटनामा अधिकारीको निधन

    नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई...

  • २०७६ आषाढ १०, मंगलबार

    आज ठाउँ ठाउमा सक्कली भन्दा नक्कली बम

    झापा, बर्दिया नुवाकोटमा पनि शंकास्पद वस्तु, पोखरामा पनि नक्कली बम । किर्तिपुर महानगर प्रहरी वृत कार्यलयमा आज बिहानै एक स्थानीय ले टेलिफोन गरि किर्तिपुर वडा नं १० नयाबजारमा बम छ, भनि जानकारी गराएका थिए । स्थानीयको जानकारी दिए लगतै प्रहरी त्यस ठाउमा पुगेका थिए । त्यो बेला सम्म मानिसहरुको भिडभाड जम्मा भइसकेको थियो सडकमा भएको भिडको कारणले गर्दा सवारी साधन को आवज जावत ठप्प भएको हो । त्यस ठाउमा...

  • २०७६ आषाढ १०, मंगलबार

    गौशाला वृत्त अघि तामाङका आफन्तको प्रदर्शन

    यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् । तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्दै आएका छन् । असार २ गते बेलुकी निवासमा नगएपछि परिवारले उनको खोजी गरेका थिए । ३ गते अस्पतालमा झुण्डिएको अवस्थामा तामाङको शव फेला परेको थियो । तामाङका श्रीमान् बुद्धिराजले...

  • २०७६ आषाढ १०, मंगलबार

    बलात्कार आरोपमा पक्राउ

    सिरहा कर्जन्हा नगरपालिका–१ बन्दीपुरकी एक बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घाँस काट्न गएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी श्यामकुमार महरालाई पक्राउ गरेको हो । जङ्गलमा घाँस काट्न गएको बेला हिजो बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । महरासहित चार–पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको...

  • २०७६ आषाढ १०, मंगलबार

    सिरिञ्ज आक्रमण घटना रोक्न माग

    सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गर्नुभयो । सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मैनाकुमारी भण्डारीले स्वास्थ्य बीमा गरेका ठूला रोग लागेका बिरामी काठमाडौँ आउनैपर्ने बाध्यता भएकामा तिनलाई वीर अस्पताल...

  • २०७६ आषाढ १०, मंगलबार

    कारागारले बस्तीमा जोखिम

    मानव वस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती बढ्दै गएको छ । कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० मा स्थापना गरिएको कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । नेपालगञ्ज शहर विस्तार हुने क्रमसँगै कारागार क्षेत्र बाहिर मानव वस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगञ्जको ठीक बीच भागमा...

  • २०७६ आषाढ १०, मंगलबार

    सर्पदंशका बिरामीको सङ्ख्या वृद्धि

    गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल जलेश्वरका डा मृत्युञ्जयकुमार ठाकुरका अनुसार फाटफुट आउने गरेकोमा हाल दैनिक आठदेखि १० जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गरेका छन् । अत्यधिक गर्मीका कारण सर्प बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेकाले बिरामी बढेका हुन् । डा ठाकुरका अनुसार अस्पताल...

  • २०७६ आषाढ ९, सोमबार

    सुरक्षित गर्भपतनको ज्ञान नहुँदा अकालमा मृत्यु

    कानूनीरुपमा गर्भपतन निःशुल्करुपमा गरिने व्यवस्था भए पनि ग्रामीण भेगका धेरै महिलालाई त्यसबारे जानकारी भएको देखिदैन । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी ऐन २०७५ कार्यान्वयनको अवस्थामा आइसकेको छ । तर कानूनको जानकारी नहुँदा महिला असुरक्षितरुपमा गर्भपतन गर्न बाध्य छन् । राष्ट्रिय महिला आयोग र महिला, विकास तथा महिला मञ्चले यहाँ आज आयोजना गरेको ‘सुरक्षित मातृत्व तथा प्रजनन...

  • २०७६ आषाढ ९, सोमबार

    दुर्घटनामा वृद्धको मृत्यु

    महोत्तरीको औरहीमा आज बिहान भएको सडक दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । एकाबिहानै सम्सी गौशाला सडकखण्डअन्तर्गत औरही नगरपालिका–४ बैरिया भन्ने स्थानमा सडक दुर्घटनामा परी स्थानीय ७६ वर्षीय गनौर रायको मृत्यु भएको हो । गाडीको ठक्करबाट निजको मृत्यु भए तापनि गाडीको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । टाउकोमा गम्भीररुपमा चोट लागेकाले रायको घटनास्थलमै मृत्यु भएको प्रहरी...

Pages