STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ आषाढ १६, सोमबार

    करेन्ट लागेर एकको मृत्यु

    महोत्तरी जिल्लाको भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका–४ बस्ने सिधु पण्डितका छोरा १९ वर्षीय सञ्जय पण्डित रहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । गएराति १ बजे भङ्गहा नगरपालिका– २ बस्ने सन्तोष साहकी छोरीको...

  • २०७६ आषाढ १६, सोमबार

    विप्लव समूह र प्रहरी बिच गोली हानाहान

    संखुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्लाम प्रहरी र विप्लव समूहका कार्यकर्ता हरु बिच दोहोरो गोली हानाहान भएको छ । गस्तीमा रहेका प्रहरी र विप्लव बिच सोमबार विहान भिडन्त भएको जानकारी प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले बताउनु भएको छ । विप्लव समूहको गतिविधि बढेको जानकारी पाए पछि प्रहरी गस्ती हिडेको थियो । त्यहाँ करिब २९ जनाको समूहमा विप्लव कार्यकर्ता रहेको र प्रहरी लाई नै फायरिङ...

  • २०७६ आषाढ १६, सोमबार

    डिजे पड्किँदा युवाको मृत्यु

    महोत्तरीमा प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ । सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा विद्युत् चुहिएर विष्फोट...

  • २०७६ आषाढ १३, शुक्रबार

    धर्तीमाताको नाममा युवतीमाथि दुव्र्यवहार गर्ने पक्राउ

    काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा एक युवतीमाथि दुव्र्यवहार कुटपिट गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौँको बालाजुबाट पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएकोे छ । यही असार ५ गते मन्दिरमा उनले घटना गराएको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सो घटनाबारे जानकारी...

  • २०७६ आषाढ १३, शुक्रबार

    पाँचथरमा पहिरोः २१ परिवार प्रभावित

    पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका छ वटा बस्तीमा गत मङ्गलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोबाट याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र मुक्लाबुका सात परिवार पूर्णरुपमा विस्थापित भएका हुन् । यहाँका सन्तोष बेघा, मिलन माङ्मु,...

  • २०७६ आषाढ १३, शुक्रबार

    लागुऔषधसहित तीन पक्राउ

    प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो । उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै...

  • २०७६ आषाढ १३, शुक्रबार

    नदीले बगाएर एक बेपत्ता, एकको उद्धार

    तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीले बगाउँदा बिहीबार साँझ एक बेपत्ता भएका छन् । अर्का एक जनाको भने जीवितै उद्धार गरिएको छ । कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएर काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका हुन् । घिमिरेसँगै पौडी खेलेका चितवन भरतपुर महानगरपालिका–११ बसेनी बस्ने २३ वर्षीय शिवहरि सुवेदीलाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय...

  • २०७६ आषाढ १३, शुक्रबार

    मूर्ति चोरी

    महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर कुट्टी बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए राति चोरहरुको एक समूहले सात लाख पचास हजार मूल्य बराबरको तीनवटा मूर्ति चोरेर लगेका छन् । सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा...

  • २०७६ आषाढ १३, शुक्रबार

    चिट्ठासहित भारतीय पक्राउ

    चिट्ठासहित एक भारतीय नागरिक आज भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बगाल दार्जिलिङ जिल्ला डेङगुजोत निवासी २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगर नजिकैबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले पश्चिम बगाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिट्ठा लट्री...

  • २०७६ आषाढ १३, शुक्रबार

    बलात्कार अभियुक्त फरार

    गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो । पीडित पक्षको बयान र उजुरीका आधारमा पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराम शर्माले सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र...

  • २०७६ आषाढ १३, शुक्रबार

    महिलामाथिको आक्रमण ः सिरिञ्ज हैन काँटी

    रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै हुनुहुन्थ्यो । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्किंदा मोटरसाइकल भागिसकेको थियो । पछिल्लो केही महीनामा उस्तै प्रकृतिका छ घटना भए । चार घटना प्रहरीमा आइपुग्यो भने दुई घटना अनुसन्धान कै...

  • २०७६ आषाढ १२, बिहिबार

    मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु

    बुधबार साँझ चितवनको भरतपुर महानरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो । दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा...

Pages