STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ आषाढ ७, शनिबार

    साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । उहाँले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । “प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही...

  • २०७६ आषाढ ७, शनिबार

    विपद्का घटनामा वृद्धि दुई महीनामा ६९ जनाको मृत्यु

    कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् । नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक,...

  • २०७६ आषाढ ६, शुक्रबार

    टोल–टोलमा लागुऔषध दुरुपयोगविरुद्ध प्रहरी अभियान

    ओखलढुङ्गाका सबै स्थानीय तहका टोल–टोलमा लागुऔषध दुरुपयोेगविरुद्ध सप्ताहव्यापी अभियान शुरु भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर जिल्लाभर लागुऔषधविरुद्धको अभियान थालिएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालयको संयोजनमा बिहीबार जिल्लाका आठवटै स्थानीय तहमा विशेष कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएको जिल्ला प्रहरी प्रमुख...

  • २०७६ आषाढ ६, शुक्रबार

    सार्वजनिक यातायातमा यात्रुलाई दुव्र्यवहार

    ललितपुर महानगरपालिकास्थित सुनाकोठीकी सुनिता महर्जनलाई सहचालकसँग विवाद हुँदा आधा बाटोमा नै झर्नु प¥यो । सातदोबाटोबाट सुनाकोठी जाँदै गर्दा सहचालकले उभिएर दुई लाम बस्न भनिरहेका थिए । महर्जनले सानो बसमा सिटबीचको साँघुरो ठाउँमा एक लामभन्दा बस्न नसकिने भनेपछि सहचालकले उहाँलाई ‘भनेको नमान्ने भए झर्नू’ भनेका थिए । केही समय विवादपछि उहाँ ढोलाहिटीमा झरेर अर्को बसमा चढेर घर जानुभयो । महर्जन बिहान कलेज पढ्ने...

  • २०७६ आषाढ ४, बुधबार

    प्रहरी नायब उपरीक्षकलाई अनुचित प्रभावमा पार्न खोज्ने पक्राउ

    प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षकको कार्यकक्षमा आई यादवले तपाईसँग केही काम गराउँछु, तपार्इंलाई पनि मिलाउँछु...

  • २०७६ आषाढ ४, बुधबार

    नेपालमा अफिम खेती, लगानी भारतीय

    आज बिहान ५ बजेतिर बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित चार जनालाई पक्राउ गरेको छ । एकाबिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजै साँझ पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गर्ने प्रहरीले...

  • २०७६ आषाढ ४, बुधबार

    बेपत्ता जीपको खोजी गर्न गोताखोर ल्याइँदै

    हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएको लु १ ज ७१६६ नम्बरको जीपको खोजीकार्यका लागि कुरिनटारबाट गोताखोर ल्याउन लागिएको छ । मङ्गलबार मध्याह्न १२ः३० बजे भएको दुर्घटनाको जानकारी पाएलगत्तै अपराह्न १ बजेदेखि खोजीकार्य जारी शुरु भएको थियो । तर, जीप र सवार यात्रुको कुनै पत्तो नलागेपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको पहलमा कुरिनटारबाट गोताखोर ल्याउन लागिएको सहायक प्रमुख...

  • २०७६ आषाढ ४, बुधबार

    नगद लुटेर हत्या पुष्टिः अभियुक्त खोजी शुरु

    मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ ।पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो । उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई समूहको मासिक बैठक सकेर...

  • २०७६ आषाढ ३, मंगलबार

    दुर्घटनामा मृत्यु

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो । उहाँको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको...

  • २०७६ आषाढ ३, मंगलबार

    श्रीमतीको हत्या अभियोग

    दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् । सोमबार राति ९÷१० बजे घरायसी झगडा हुँदा नेपालीले श्रीमतीको घाँडी र ढाडमा...

  • २०७६ आषाढ ३, मंगलबार

    कैंची प्रहार गरी श्रीमतीको हत्या

    दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापती पन्तले दिनुभएको जानकारीअनुसार नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् । सोमबार राति घरायसी झगडा हुँदा कृष्णले श्रीमती मीनाको घाँटी र ढाडमा लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका...

  • २०७६ आषाढ ३, मंगलबार

    बौद्ध समता अस्पतालमा युवतीको शव झुण्डिएको अवस्थामा फेला

    बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ  ।   रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।    मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब...

Pages