STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०७६ जेठ ३०, बिहिबार

    हाइड्रोपावरले ड्याम खोल्दा एक बेपत्ता

    धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन् । अध्ययनकै सिलसिलामा उनी ‘प्राक्टिकल’का लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी हुन् । आँखुखोला...

  • २०७६ जेठ ३०, बिहिबार

    मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु

    सर्लाहीको हरिपुर नगरपालिकामा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ भने चार घाइते भएका छन् । हरिपुर नगरपालिका–७ चिताइस्थित भित्री सडकखण्डमा ना२५प ६९२२ नंको मोटरसाइकल र ज२प ७८८६ नंको मोटरसाइकल एकापसमा गए राति करीब १०ः३० बजेको समयमा ठोक्किँदा ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र ईश्वरपुर नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै...

  • २०७६ जेठ ३०, बिहिबार

    इञ्जिनीयर श्रेष्ठ घुससहित पक्राउ

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । कुन ठाउँको झोलुङ्गेपुल...

  • २०७६ जेठ ३०, बिहिबार

    हावाहुरीबाट केरा खेती नष्ट

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का किसानले लगाएको केरा खेतीमा हावाहुरीले व्यापक क्षति पु¥याएको छ । गत बिहीबार राति आएको हावाहुरीले घरी लाग्नै थालेको र लागेको केराका बोटहरु ढालेपछि किसानले निकै क्षति व्यहोरेका हुन् ।  कालागौंडी, तिलकी र दमलपट्टिका १५ जनाभन्दा बढी किसानले १० बिघा जग्गामा लगाइएको केरामा  हावाहुरीले ९० प्रतिशत क्षति गरेको किसान मङ्गल चौधरीले बताउनुभयो । उहाँका अनुसार हावाहुरीले...

  • २०७६ जेठ ३०, बिहिबार

    विप्लव समूहका जुम्ला इञ्चार्ज पक्राउ

    नेत्रविक्रम चन्द समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा रवि किरण लाई प्रहरीले पक्राउ गरेको हो । बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ ।

  • २०७६ जेठ ३०, बिहिबार

    दुर्घटना सैनिकको मृत्यु

    मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते हुनुभएका सैनिकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।र्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो...

  • २०७६ जेठ ३०, बिहिबार

    लागुऔषध नियन्त्रणको प्रयास

    बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । यस जिल्लामा लागुऔषधका सेवनकर्ता र कारोवारीहरुलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि नतिजा सन्तोषजनक भएको पाइँदैन ।  यो जिल्लालाई लागुऔषधमुक्त र दुव्र्यसनीलाई पुनस्र्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ । सीमानाकामा चेकजाँचमा कडाइ गर्नाका साथै दुव्र्यसनीहरुका लागि विभिन्न...

  • २०७६ जेठ ३०, बिहिबार

    स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु

    सिन्धुलीमा स्कूल बसको झ्यालबाट टाउको निकाल्दा एक बालकको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित विपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कूल बसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४...

  • २०७६ जेठ ३०, बिहिबार

    पाँच भारतीय गाडी पक्राउ

    दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा यहाँका यातायात व्यवसायी मर्कामा परेको गुनासो आएपछि यसमा कडाइ गर्न थालिएको छ । “अहिले भारतीय गाडी दाङ...

  • २०७६ जेठ ३०, बिहिबार

    अपहरण गरी हत्या आरोपमा एक पक्राउ

    सिरहाको धनगढीमाई नगरपालिका–६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नगरपालिका–६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका–२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो । यादवलाई गत २०७५ फागुन ९ गते अपहरण गरी भारतको मधुवनी भुतही बलान तटबन्ध नजिक लगेर गोली हानी...

  • २०७६ जेठ ३०, बिहिबार

    ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

    पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । साथीसँग खेल्ने क्रममा घरको भ¥याङमुनि रहेको...

  • २०७६ जेठ २८, मंगलबार

    मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

    मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ । नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–९ बस्ने वर्ष १९ का श्यामसुन्दर यादव, १८ वर्षीय गुलशनप्रसाद यादव, बारागढी गाउँपालिका–२ मलाही बस्ने वर्ष २० का सुरेश...

Pages