STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पोखरीमा डुबेर दुईको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २, बिहिबार

भोजपुरको आमचोक गाउँपालिका–२ स्थित युँमा पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ । आमचोक–१, वासिङथर्पुका २५ वर्षीय निमा शेर्पा र सोही स्थानका २० वर्षीय गेल्बु शेर्पाको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । मङ्गलबार घरबाट घुम्न भनेर निस्केका दुई जना पानी जमाएर राखिएको पोखरीमा डुबेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतक दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना