अन्तर्राष्ट्रिय
-
२०७६ माघ २७, सोमबार
अनुसूचित जाति र जनजातिको व्याख्यालाई सर्वोच्चको दियो मान्यता
भारतीय सर्वोच्च अदालतले सोमबार अनुसूचित जाति एवं अनुसूचित जनजाति अत्याचारको रोकथाम सम्बन्धी संशोधन कानुनको संवैधानिकतालाई मान्यता दिने फैसला गरेको छ । सर्वोच्चको उक्त फैसलामा अनुसूचित जाति एवं अनुसूचित जनजाति विरुद्ध हुने अत्याचारका दोषी व्यक्तिलाई अग्रीम जमानत दिइनु हुन्न भन्ने कानुनी व्यवस्था सही रहेको उल्लेख छ । न्यायाधीशहरु अरुण मिश्र, विनित सरन र रविन्द्र भटको संयुक्त इजलासले गत वर्ष...
-
२०७६ माघ २७, सोमबार
केरलामा कोरोनाः तीन हजार २५२ जना निगरानीमा
प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशंका गर्दै भारतको केरला राज्यस्थित स्वास्थ्य विभागले तीन हजार २५२ जनालाई निगरानीमा राखेको छ । विभागले तीमध्ये ३४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाएको छ । विभागले ३४५ जनाको रगतको नमुना परीक्षण गर्दा ३२६ जनामा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको बताएको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चीनबाट फर्किएका व्यक्तिको रक्त परीक्षण गर्दा कोरोना भाइरसको...
-
२०७६ माघ २४, शुक्रबार
कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त ः ट्रम्प
चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि चीनले अपनाएका उपायबाट छिट्टै भाइरस सङ्क्रमण नियन्त्रणमा सफलता मिल्ने बताउनुभएको हो । चीनमा देखिएको कोरोना भाइरस महामारीले विश्वलाई...
-
२०७६ माघ २४, शुक्रबार
कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म ६३० को मृत्यु
डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजारमा देखा परेको नयाँ कोरोना भाइरसले शुक्रबारसम्म ६३० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ । सङ्क्रमण विश्वभर फैलिएको भएपनि यसले भीनबाहेकका मुलुकमा प्रकोपका रूपमा नदेखिएको विश्व स्वास्थ्य संगठनले जानकारी गराएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा...
-
२०७६ माघ २३, बिहिबार
हलिउडका सुप्रसिद्ध कलाकार कर्क डग्लसको निधन
हलिउडको इतिहासमा फिल्म निर्माणमा स्वर्णकाल मानिएको सन् १९४० को दशकका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा बुधबार निधन भएको छ । आफ्नो समयमा निकै ख्याती कमाएका “स्पार्टाकस” र “पाथ्स् अफ ग्लोरी” जस्ता चलचित्रमा उहाँले मुख्य भूमिका निर्वाह गर्नु भएको थियो । सन् १९४० को दशकको अन्त्यतिर उहाँले अभिनय गरेका चलचित्रहरु औधि रुचाइएका थिए । उहाँ अभिनयका अलावा फिल्म निर्माता र निर्देशकको शसक्त...
-
२०७६ माघ २३, बिहिबार
अमेरिकी महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा अवतरण
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्नु लाग्नु भएको छ । उहाँ सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री हुनुहुन्छ । अमेरिकी अन्तरिक्ष संस्था नासा की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गर्न लाग्नु भएको नासाले जनाएको छ । अन्य दुई सदस्यमा...
-
२०७६ माघ २२, बुधबार
चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास
चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्राप्त समाचारअनुसार थाइ विदेशमन्त्री डोनले बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँगको फोनवार्ताका क्रममा सो विश्वास व्यक्त गर्नुभएको हो । चिनियाँ विदेशमन्त्री...
-
२०७६ माघ २२, बुधबार
राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातियो।
अमेरिकी इतिहासमा संसदको सभामुखले कुनै राष्ट्रपतिले संसदमा गरेको वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक अमेरिकी कङ्ग्रेसकी सभामुख न्यान्सी पेलोसीले सबैलाई आश्चर्य पार्दै राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातिदिनु भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कङ्ग्रेसमा “स्टेट अफ दी यूनियन” नामको वार्षिक सम्बोधन भाषण समाप्त गरेलगत्तै...
-
२०७६ माघ २२, बुधबार
कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५०० पुग्यो
चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट हङकङमा १८ जनामा सङ्क्रमण भएका जनाइएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसका कारण हङकङ अस्पतालमा पनि एक व्यक्तिको मृत्यु भएको अस्पतालका प्रवक्ताले मङ्गलबार पुष्टि गर्नुभएको थियो । हङकङका ती व्यक्तिलाई गत जनवरी ३१ मा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । उपचारका लागि प्रिन्स मार्गरेट अस्पतालमा भर्ना भएका उनको हिजो मृत्यु भएको थियो । कोरोना...
-
२०७६ माघ २१, मंगलबार
पोम्पेओको युरोप, मध्य एशियाली यात्राको सन्देशः चीनदेखि सावधान रहनुहोस्
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले गत साता मित्रराष्ट्र बेलायतदेखि पूर्व सोभियत सङ्घबाट अलग्गिएका चार राष्ट्र समेत कूल पाँच वटा मुलुकको भ्रमण गर्नुभयो । तर, उहाँले भ्रमणका क्रममा मुख्य रुपमा एउटा सन्देश सुनाउनुभयोः चीनदेखि सावधान रहनुहोस् । युरोप र मध्य एशियाको आफ्नो यात्रामा पोम्पेओले चीनको मानव अधिकारको अवस्थाका बारेमा निन्दा गर्नुका साथै चीनको आक्रामक व्यापार अभ्यासको आलोचना गर्नुभएको थियो...
-
२०७६ माघ २०, सोमबार
हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो
विश्वभर त्रास फैलाएको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेइ प्रान्तमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी खटाइएको छ । हुबेइबाट प्राप्त समाचारअनुसार उक्त प्रान्तका विभिन्न क्षेत्रमा ८ हजार ३१० जना स्वास्थ्यकर्मी पठाइएको जनाइएको छ । ६८ ओटा मेडिकल समूह बनाएर ती स्वास्थ्यकर्मी त्यहाँ पठाइएको हो । आजसम्म चीनमा मात्र यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३६० पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्...
-
२०७६ माघ १९, आइतबार
कोरोनाको कहरः फिलिपिन्समा एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ३०४ पुग्यो
कोरोना भाइरसका कारण चीन बाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ । विश्वभर त्रास फैलाएको कोरोना भाइरसबाट चीनमा मात्र मृत्यु हुनेको संख्या ३०४ पुगिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन् । गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोना भाइरस चीनमा मात्र १४ हजारमा संक्रमित भएको छ भने विश्वका २४...


