STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ फाल्गुण २३, शुक्रबार

    अमेरिकी प्राइमरी चुनाव, वारेनद्वारा उम्मेदवारी परित्यागको घोषणा

     डेमोक्रेटिक पार्टीका तर्फबाट आगामी राष्ट्रपतिको उम्मेदवार छनौट गर्न भइरहेको पार्टीको चुनावमा म्यासाचुसेट्सकी सिनेटर एलिजाबेथ वारेनले पनि अपेक्षित नतिजा ल्याउन नसकेपछि बिहीबार उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु भएको छ । डेमोक्रेटिक पार्टीका तर्फबाट पछिल्लो चुनावी दौडमा उहाँ एकमात्र महिला प्रतिनिधि हुनुहुन्थ्यो । अब डेमोक्रेटिक पार्टीभित्र सिनेटर बर्नी स्यान्डर्स र पूर्व उपराष्ट्रपति जो बाइडेन...

  • २०७६ फाल्गुण २३, शुक्रबार

    कोरोना भाइरसबाट इटालीमा १४८ को मृत्यु

    इटालीमा कोरोना भाइरसबाट १४८ जनाको ज्याान गएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । इटालीमा बिहीबारमात्र ४१ जनाको मृत्यु भएको समाचार आएको छ । यो समेतगरी यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या १४८ पुगेको हो । इटालीका विभिन्न २२ वटा शहरमा यसको प्रकोप देखिएको छ । इटालीले देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गराएको छ । सरकारले यो भाइरसको नियन्त्रणका विभिन्न कार्यक्रम घोषणा गरी कार्यान्वयन...

  • २०७६ फाल्गुण २२, बिहिबार

    कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा

    कोरोनाभाइरस संक्रमणलाई ध्यान दिदैं अमेरिकाको क्यालिफोर्निया राज्यले संकटकालको घोषणा गरेको छ। आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको पहिलो मृत्यु पुष्टि गर्दै क्यालिफोर्नियाले राज्यमा संकटकालको घोषणा गरेको हो। स्कारमेन्टो नजिकैको एक अस्पतालमा ७१ वर्षिय एक पुरूषको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ। त्यसैगरी अमेरिकाका १६ राज्यमा कोरोनाभाइरस संक्रमणका मामिलाहरू भेटिएपछि ह्वाइट हाउसले यसको जाँचलाई...

  • २०७६ फाल्गुण २१, बुधबार

    इड्लिब मामिलामा टर्कीलाई सघाउन अमेरिका तयार

     सिरियाको उत्तरपश्चिम प्रान्त इड्लिबमा टर्कीले गर्ने सैन्य कारबाहीका लागि टर्कीलाई सघाउन अमेरिकाले आवश्यक हातहतियार उपलब्ध गराउने तयारी गरेको छ । सिरिया मामिलासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले मङ्गलबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “टर्की नेटोको सदस्य राष्ट्र हो । टर्कीका अधिकांश सैनिकले अमेरिकी हातहतियारको प्रयोग गरिरहेका छन् । हामीले ती हातहतियार तयारी अवस्थामा...

  • २०७६ फाल्गुण २१, बुधबार

    अमेरिकाको टेनेसीमा आँधी २४ को मृत्यु

    अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ । त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरुले जानकारी...

  • २०७६ फाल्गुण २०, मंगलबार

    क्यामरुनमा पृथकतावादीहरु मारिए

    अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अङ्ग्रेजी भाषी क्षेत्रमा दश जना पृथकतावादी आतंकवादीहरु मारिएको क्यामरुन सरकारले जनाएको छ । सैनिक कारबाहीमा ती आङ्कवादीहरु मारिएको बताए पनि केही अनलाइनले मारिने व्यक्तिहरु सर्वसाधारण रहेको बताएका छन् । बहुसंख्यक फ्रान्सेली भाषी क्यामरुनका दुई अङ्ग्रेजी भाषी प्रान्तहरुमा सशस्त्र पृथकतावादी आन्दोलन सन् २०१७ देखि जारी छ । सञ्चार मन्त्री रेनी इमानुएल साडीले सोमबार जारी...

  • २०७६ फाल्गुण २०, मंगलबार

    अमेरिकी उपराष्ट्रपति भन्नुहुन्छ – कोरोना भाइरसको औषधि तयार हुन छ सात महिना लाग्छ

    अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताउनु भएको छ । “यसको खोप यस वर्षको अन्तसम्म वा अर्को वर्ष मात्र तयार हुनेछ, तर कोरोना भाइरस हुने मानिसहरूलाई राहत प्रदान गर्ने चिकित्सा सेवा आगामी अगष्ट वा सेप्टेम्बरसम्ममा उपलब्ध हुनेछ,” उपराष्ट्रपति पेन्सले बताउनुभयो । अमेरिकी औषधि कम्पनीहरूले नयाँ कोरोना भाइरसको...

  • २०७६ फाल्गुण १९, सोमबार

    ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीहुँदै ग्रिस प्रवेश गर्न रोक

    ग्रिसले आगामी महिनादेखि शरणका लागि आउने कुनै पनि आवेदन नलिने घोषणा गरेको समाचारमा जनाइएको छ । यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो । प्राप्त समाचारमा यसअघि करिब १० हजार जना आप्रवासीलाई टर्कीसँग जोडिएको ग्रिसको एक जमिनमा रोकिएको बताइएको थियो । जसका कारण ग्रिसका अधिकारीहरूले ती आवेदन नलिने जनाएका हुन् । ग्रिसका प्रधानमन्त्री किरियाकोस् मित्सोटाकिसले ग्रिसको...

  • २०७६ फाल्गुण १९, सोमबार

    कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ््ख्या तीन हजार नाघ्यो

     चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार नाघेको सोमबार जनाइएको छ । चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ । हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै व्यक्ति हुबेई प्रान्तका रहेका पनि समाचारमा जनाइएको छ । यस भाइरसका कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको...

  • २०७६ फाल्गुण १८, आइतबार

    कोरोनाको असरः अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध

    संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिनुभयो । यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ । अमेरिकी स्वास्थ्य विभागले कोरोना...

  • २०७६ फाल्गुण १८, आइतबार

    मलेसियाका नयाँ प्रधानमन्त्री मोहिउद्दीन यासिनद्वारा शपथ

    मलेसियामा पूर्व गृहमन्त्री मोहिइद्दीन यासिनले आइतबार प्रधानमन्त्री पदको शपथ लिनु भएको छ । चौरानब्बे वर्षीय प्रधानमन्त्री महाथिर मोहम्मदको सुधारवादी सरकारको पतन भएसँगै चौतर्फी भ्रष्टाचार र घोटालामा नाम जोडिएको शक्तिको पुनः उदय भएको छ । पूर्व प्रधानमन्त्री महाथिरले वर्तमान सरकारको गठन अवैधानिक रहेको दाबी गर्नु भएको छ । सन् २०१८ मा ऐतिहासिक विजयका साथ उदय भएको महाथिरको सुधारवादी “प्याक्ट अफ होप”...

  • २०७६ फाल्गुण १६, शुक्रबार

    सिरियाको इडलिबमा ३३ जना टर्केली सेना मारिए

    सिरियाको इड्लिब प्रान्तमा सिरियाली सेनाले गरेको सम्भावित हवाई कारबाहीमा कम्तीमा ३३ जना टर्केली सैनिकको मृत्यु भएको छ । इड्लिबमा व्यापक युद्धको जोखिम बढिरहेको समयमा भएको उक्त आक्रमणप्रति संयुक्तराज्य अमेरिका र राष्ट्रसंघले आपत्ति जनाएका छन् । टर्कीको हाटेका गभर्नर राहमी डोगानले टर्कीका दर्जनौं सेनिक घाइते भएका र उनीहरुलाई उपचारका लागि टर्की लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । सिरियाको इड्लिब...

Pages