अन्तर्राष्ट्रिय
-
२०७६ फाल्गुण ६, मंगलबार
कोरोना जीवाणुः उहान अस्पतालका निर्देशकको मृत्यु
कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहनु भएको जनाएको छ । उहाँलाई...
-
२०७६ फाल्गुण ५, सोमबार
सिरिया र लिबियाको विषयमा अमेरिकी र टर्किस् राष्ट्रपति फोनवार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्डोगानबीच हालैका दिनहरुमा सिरिया र लिबियामा बढ्दो द्वन्द्वलगायतका विषयमा कुराकानी भएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति ट्रम्प र टर्किस् राष्ट्रपति एर्डोगानबीच शनिबार विषयमा उक्त कुराकानी भएको आइतबार जानकारी दिएको छ । त्यस फोनवार्ताका क्रममा पछिल्लो समयमा सिरियाको इद्लिबमा भएको...
-
२०७६ फाल्गुण ५, सोमबार
जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना जीवाणु फैलिएको आशंका
सन् २००२ मा नयाँ जीवाणुको प्रकोप देखा पर्दा चीनले जङ्गली समेतका जीवित वा मृत जनावरहरू बजारमा खुलेआम बेचबिखन गर्न रोक लगायो । यही जीवाणुका कारण प्राणघातक सार्स फैलिएको त्यसबखत अनुमान गरिएको थियो । अहिले सार्ससँग मिल्दोजुल्दो कोरोनाभाइरसले चीनलाई सताएको छ, र रोगको मुख्य उत्पत्ति तिनै जीवजन्तुमाथि आशंका गरिएको छ । त्यस्ता जीवजन्तुको बेचबिखनमाथि लागेको प्रतिबन्ध पछि हटाइयो, र जनावरहरू फेरि बजारमा...
-
२०७६ फाल्गुण ४, आइतबार
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार
इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावास नजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय संचार माध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी प्राप्त भइनसकेको बताएका छन् । उच्च सुरक्षा व्यवस्था सहितको धेरैजसो कुटनीतिक नियोगका कार्यालयहरु रहेको “ग्रिन जोन”मा क्षेप्यास्त्र प्रहार लगत्तै चेतावनीयुक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै संचार माध्यमहरुले क्षेप्यास्त्र...
-
२०७६ फाल्गुण ४, आइतबार
कोरोना सङ्क्रमण दुई हजार नयाँ विरामी, १६ सयको मृत्यु
चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेका छन् । थप मृत्यु भएका मध्ये १३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका...
-
२०७६ फाल्गुण २, शुक्रबार
दक्षिण कोरिया, जापानका विदेश मन्त्रीबीच वार्ताको तयारी
जापान र दक्षिण कोरियाका वरिष्ट कूटनीतिज्ञहरुले यसै साता जर्मनीको म्युनिखमा द्विपक्षीय भेटवार्ता गर्न लागेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ । म्युनिखमा हुने तीन दिवसीय म्युनिख सुरक्षा सम्मेलनका अवसरमा अमेरिकी विदेश मन्त्रीका साथ त्रिपक्षीय भेटवार्ता पनि हुन लागेको मन्त्रालयले बताएको छ । कोरियाली विदेश मन्त्री काङ क्यूङ–ह्वाले आफ्ना जापानी समकक्षी तोसिमिचु मोटेगीसँग शनिबार बिहान...
-
२०७६ फाल्गुण १, बिहिबार
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु
कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो । हुबेइ प्रान्तको उहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने सङ्क्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै...
-
२०७६ फाल्गुण १, बिहिबार
ह्वाट्सआपका प्रयोगकर्ता २ अर्ब नाघे
फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सआपका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैं सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सआपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ । फेसबुकले विश्वभर निकै लोकप्रियता कमाएको ह्वाट्सआप सञ्चार सेवालाई सन् २०१४ मा किनेको थियो । ह्वाट्सआपमा निःशुल्क सञ्चार सेवाका साथै भ्वाइस र भिडियो सेवा पनि...
-
२०७६ माघ २९, बुधबार
केजरीवालले फेब्रुअरी १६ मा मुख्यमन्त्रीको सपथ लिने
आम आदमी पार्टी आप का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उहाँ दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्न लाग्नु भएको हो । सपथ ग्रहण समारोह रामलिला मैदानमा आयोजना हुनेछ । आपले दिल्ली विधानसभाको चुनावमा दुई तिहाई बहुमतका साथ विजयी भएको थियो । आपले कूल ७० स्थानमध्ये ६२ स्थान जितेको थियो । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले ८ स्थानमा मात्र विजय...
-
२०७६ माघ २८, मंगलबार
कोरानोभाइरस विश्वव्यापी महामारी हुनसक्ने चिन्ता
चीनमा गत डिसेम्बर महिनामा पहिलो चोटि देखिएको नयाँ कोरोनाभाइरस अहिले विश्वका विभिन्न देशमा पनि पुगिसकेको छ । यो भाइरस अन्यत्र कहाँकहाँ पुग्ने हो र त्यसबाट कति मानिस बिरामी पर्ने हुन् भनेर विज्ञहरू चिन्तित छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण सङ्कट उत्पन्न भएको बताएको छ । तर अहिलेसम्म ‘विश्वव्यापी महामारी’ फैलिएको घोषणा भने गरिएको छैन । तर उक्त भाइरसका कारण नयाँ विश्वव्यापी महामारी...
-
२०७६ माघ २८, मंगलबार
कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई गु्रप७७ र राष्ट्रसंघको सहयोग
चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप७७ ले सहयोग गर्ने जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिनुभयो । उहाँले गु्रप७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताउनुभएको हो । त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध...
-
२०७६ माघ २८, मंगलबार
कोरोनाभाइरस : हुबे प्रान्तमा सोमबारमात्रै १०३ को मृत्यु
मृतकको कुल संख्या हजार नाघ्यो चीनमा फैलिएको नयाँ कोरोनाभाइरस संक्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ । उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक हो । आइतवार मृत्यु हुनेको संख्या ९७ थियो । यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको संख्या एक हजार नाघेको छ । चीनभरि भने कुल मृतकको संख्या १,०११ पुगेको छ । चीनबाहिर दुई जनाको मृत्यु भएको छ...


