STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ चैत्र ८, शनिबार

    बेलायतमा कोरोना भाइरसबाट एक नेपालीको मृत्यु

    वेलायतमा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर(पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । उनको मृत्यु मंगलबार ४ चैत बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको हो । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण...

  • २०७६ चैत्र ७, शुक्रबार

    निर्भया हत्यामा संलग्न चारैजना दोषीलाई मृत्युदण्ड

    निर्भया हत्यामा संलग्न चारैजना दोषीलाई मृत्युदण्ड नयाँदिल्ली, ७ चैत (रासस/एएनआई) – सन् २०१२ मा भएको निर्भया हत्याकाण्डका दोषी चारै जनालाई दिल्लीस्थित तिहाड जेलमा शुक्रबार बिहान झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । विगत अढाई महिनादेखि ती चारै जनालाई दिइने फाँसीका बारेमा रहेको अन्यौल पनि मृत्युदण्डसँगै समाप्त भएको छ । अभियुक्तहरुले सन् २०१२ मा एक महिलालाई नयाँदिल्लीको सार्वजनिक बसमा साँझ सामूहिक...

  • २०७६ चैत्र ७, शुक्रबार

    चीनमा भूकम्प, धक्का काठमाडौँसम्म

    काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।  बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । चीनको पश्चिमी सीजाङमा गएको ५.६ रेक्टर स्केलको भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको बताइएको छ ।

  • २०७६ चैत्र १, शनिबार

    भारतमा कोरोनाभाइरसले दुईको मृत्यु भएको पृुष्टि

    काठमाडौं– भारतमा कोरोनाभाइरस संक्रमितको संख्या अहिलेसम्म ८१ जना पुगेको पुष्टि भएको छ । यीमध्ये कर्नाटकमा ७६ वर्षीय र दिल्लीमा ६९ वर्षीय एक महिला गरी दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइअनुसार हालसम्म स्वास्थ्यमा आपतकालको स्थिति आएको छैन । केरलामा तीनजनासहित सातजना कोरोनाभाइरस संक्रमितलाई निको पारेको भारतीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव...

  • २०७६ फाल्गुण २९, बिहिबार

    कोरोना संक्रमण रोक्न भारतले सीमा बन्द गर्दै

    काठमाडौं– कोरोना भाइरस संक्रमण फैलन नदिन भारतले एक महिनाको लागि आफ्ना सीमा बन्द गर्ने निर्णय गरेको छ । बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अप्रिल १५ (२०७७ वैशाख ३) सम्मको लागि भारतले आफ्ना सबै सीमा बन्द गर्ने निर्णय गरेको छ । इन्डियन एक्सप्रेसले जनाएअनुसार भारतले विदेशीलाई दिने भिसा पनि हाललाई रद्द गरेको छ । अब कोही विदेशी पर्यटक भारत प्रवेश गर्न सक्दैन । आफ्ना नागरिकहरुलाई पनि विदेश यात्रा...

  • २०७६ फाल्गुण २९, बिहिबार

    कोरोना विश्वव्यापी महामारी

    काठमाडौं– विश्वमै कोरोना भाइरसको संक्रमणले आपतकालीन अवस्था निम्तिएपछि बुधबार विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई महामारी घोषणा गरेको छ । चीनको हुबेई प्रान्तको राजधानी बुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी अहिलेसम्म १०० भन्दा बढी देशमा पुगिसकेको छ । हालसम्म विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ८९ छ । यस...

  • २०७६ फाल्गुण २८, बुधबार

    जापानमा निःशुल्क मास्क बाँड्दै नेपाली

    काठमाडौं– जापानमा २०११ मार्च ११ का दिन गएको विनासकारी भूकम्पको सम्झनामा ‘शिबुया मण्डला रेस्टुरेन्ट’अगाडि निःशुल्क मास्क वितरण गरिने भएको छ । कोरोनाभाइरसका कारण मास्कको माग धेरै रहेको तर आपूर्ति कम हुँदा जापानमा यसको अभाव छ । योमरी ग्रुप अफ कम्पनी, जापानअन्तर्गतका नेपाली रेस्टुरेन्ट ‘मण्डला शिबुया’अगाडि निशुल्क मास्क वितरण गरिन लागेको हो । मार्च ११ बुधबार दिउँसो ४ बजेदेखि निशुल्क मास्क वितरण...

  • २०७६ फाल्गुण २७, मंगलबार

    जापानको नेपाली रेस्टुरेन्टमा फेस मास्क निशुल्क वितरण गरिने

    कोरोना भाईरसका कारण जापानमा फेस मास्कको अत्यन्त अभाब भई रहेको अवस्थामा योमरी ग्रुप अफ कम्पनी जापान अन्तर्गतका नेपाली रेस्टुरेन्ट मण्डला शिबुया र एशिएन दाईनिंग बालि गार्डेन टोक्यो ,कान्दाबाट रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई २०२० मार्च १० तारेख मंगलवार देखि निशुल्क मास्क वितरण गर्ने भएको छ ।  उक्त कम्पनीले मंगलवार देखि निशुल्क मास्क वितरण गर्ने कुरा उक्त कम्पनीका प्रबन्ध निर्देशक सुनिल कुमार शाक्यले...

  • २०७६ फाल्गुण २६, सोमबार

    ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु

     ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो । गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

  • २०७६ फाल्गुण २६, सोमबार

    तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

    कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११।४४ अमेरिकी डलर अर्थात् २५।३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३।३३ अमेरिकी डलरमा कारोबार भएको छ । यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०।१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो...

  • २०७६ फाल्गुण २५, आइतबार

    कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

    इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताउनु भएको छ ।...

  • २०७६ फाल्गुण २४, शनिबार

    विश्वभर कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी, मृत्यु हुने ३ हजार ५००

    विश्वका विभिन्न देशमा समेत गरी कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको तथ्याङ्कअनुसार यस भाइरसको प्रकोपबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १ लाख ११३ पुगेको छ । उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार यस प्रकोपबाट सङ्क्रमितहरुमध्ये अधिकांश चीनमा नै रहेको बताइएको छ । चीनमा मात्र यसका...

Pages