अन्तर्राष्ट्रिय
-
२०७६ पौष २३, बुधबार
इरानमा विमान दुर्घटनामा परेका सबैको मृत्यु
इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेहरानको इमाम खामेनी विमानस्थलबाट उडेको सो विमान उड्ने वित्तिकै दुर्घटना भएको थियो । यस विमानमा कम्तीमा १६७ जना यात्रु र अरु नौ जना चालक दलका सदस्य रहेका थिए । ती सबै जनाको मृत्यु भएको अधिकारीले पुष्टी गरेका छन् । इस्लामिक रिपब्लीक न्युज एजेन्सीले विमानस्थलका प्रवक्ता अलि कसानीलाई उद्धृत गर्दै उनीहरु...
-
२०७६ पौष २३, बुधबार
अमेरिकी सैन्य आधार शिविरमा इरानद्धारा क्षेप्यास्त्र आक्रमण
इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा इरानले बुधबार क्षेप्यास्त्र आक्रमण गरेको छ । अमेरिकी र इरानी दुवै तर्फका अधिकारीहरुले आक्रमणको घटना भएको पुष्टि गर्दै थप विवरण भने आउन बाँकी रहेको जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ । “इरानी पक्षले इराकस्थीत कम्तीमा पनि...
-
२०७६ पौष २३, बुधबार
डेमोक्र्याट नेताको राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप
पूर्व उपराष्ट्रपति जो बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनाव निम्त्याएको आरोप लगाउनुभएको छ । डेमोक्र्याटका तर्फबाट अमेरिकाको राष्ट्रपतीय निर्वाचनका एकजना उम्मेदवार समेत रहनुभएका बाइडेनले राष्ट्रपति ट्रम्पले खतरनाक रुपमा अमेरिकालाई इरानसँगको युद्धको नजिक ल्याएको आरोप लगाउनुभएको हो । उहाँले राष्ट्रपति ट्रम्पले विपक्षी दलहरु तथा अमेरिकी समूहका अरु सहयात्रीहरुसँग कुनै पनि...
-
२०७६ पौष २३, बुधबार
अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो
अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा दक्षिण अेमरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ । “यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँवाका भुल्कोहरु देखिन थालेका छन्”, उरुग्वेको मौसम विज्ञान विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । अष्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न...
-
२०७६ पौष १७, बिहिबार
इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु
इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । दशौँ हजार स्थानीय वासिन्दा विस्थापित भएका छन् भने, उनीहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । हजारौ मानिसको घर भत्किएका छन् । बाढी पहिरो प्रभावित क्षेत्रमा घर, कारलगायतका भौतिक सामग्रीहरु पानी र माटोमा डुबेको तथा तैरिएको अवस्थामा...
-
२०७६ पौष १६, बुधबार
कारागारमा कम्तीमा १६ को मृत्यु
कारागारमा कैदी कैदीबीच भएको झडपको क्रममा मेक्सिकोमा कम्तीमा १६ कैदीको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा मङ्गलबार दिउसो सो झडप भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । स्थानीय समयानुसार दिउसो साढे दुई बजेतिर कारागारकै दुई समूहका बीचमा झडप भएको थियो । प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीहरुले...
-
२०७६ पौष ११, शुक्रबार
विषाक्त रक्सीका कारण २६ को मृत्यु
विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ । देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो,” प्रान्तीय सहरी प्रहरी विभागका...
-
२०७६ पौष ११, शुक्रबार
वर्षान्त २०१९ ः भारतमा घटेनन् बलात्कारका मुद्दा
भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ । भारतीय सांसद जया बच्चनले संसदमा बोल्दै ती व्यक्तिलाई सार्वजनिक स्थलमा राखेर मार्नुपर्ने माग गर्नुभयो । सामूहिक बलात्कार र हत्याका घटनाको त्यस संसद बैठकमा विभिन्न राजनीतिक दलका कैयौँ सांसदले निन्दा गर्नुभयो । हराइरहेकी ती पशु चिकित्सकको जलेको शरीर फेला परेपछि भारतभरी विरोध भएको...
-
२०७६ पौष ८, मंगलबार
बस दुर्घटनामा परी २५ जनाको मृत्यु
बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु हुनुको साथै अन्य १४ जना घाइते भएका छन् गुडिरहेको यात्रुबाहक बस बाटोभन्दा तल नदीमा खसेर दुर्घटना भएको उद्धारकर्ताहरुले मङ्गलबार जानकारी दिएका छन् । दुर्घटनामा परेको बसमा दर्जनौँ यात्रु सवार रहेका थिए । दुर्घटनाको क्रममा सो बस १ सय ५० मिटर तल खसेको थियो । देशको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा सोमबार राती दुर्घटना भएको प्रहरीले जनाएको छ...
-
२०७६ पौष ७, सोमबार
भारतको दिल्लीमा नौ जनाको मृत्यु
भारतको नयाँ दिल्लीमा सोमबार बिहान भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये चार महिला र तीन बालबालिका रहेका छन् । आवासीय भवनमा आगलागी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । नयाँ दिल्लीको उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारीमा रहेको चार तले भवनमा आगलागी भएको हो । दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा...
-
२०७६ पौष ६, आइतबार
अमेरिकी राष्ट्रपति र जापानी प्रधानमन्त्री फोनवार्ता
राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको छ । उहाँहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षण तथा कोरियाली प्रायद्वीपको बारेमा कुराकानी भएको बताइएको छ । शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबेलाई फोन गर्नुभएको ह्वाइट हाउसद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ताले...
-
२०७६ पौष ३, बिहिबार
राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनबाट पारित
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनले पारित गरेको छ । शक्तिको दुरुपयोग गरेको आरोपमा उहाँका विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव पेश गरिएको थियो । तल्लो सदनमा दर्ता भएको सो प्रस्तावमाथि केही दिनदेखि छलफल भएको थियो । महाअभियोगको प्रस्तावमाथि तल्लो सदनमा बुधबार छलफल भएको थियो । सो छलफलपछि मतदान भएको थियो । सो मतदानमा महाअभियोग लगाउने पक्षमा २३० र...


