STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF

  • २०८१ बैशाख २७, बिहिबार

    सुरेशकिरण मानन्धर भाषा आयोगको सदस्यमा मनोनित

    काठमाडौं – भाषा आयोगको रिक्त सदस्य पदमा नेपालभाषाका कवि एवं वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरलाई मनोनित गरिएको छ । मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकले संस्कृति मन्त्रालयको सिफारिसमा मानन्धरलाई मनोनित गरेको हो । बागमती प्रदेशमा भाषा ऐन लागू भएपछि तामाङ र नेपालभाषालाई सरकारी कामकाजी भाषासरह मान्यता दिइसकेपछि आयोगको रिक्त पदमा नेवारलाई नै मनोनित गरिनुपर्ने माग नेवार समुदायले राख्दै आएको थियो ।...

  • २०८१ बैशाख २६, बुधबार

    गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ताको कार्यालयबाट ‘क्लिन चिट’

    काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट लिएको पत्र ‘क्लिन चिट’ले थप संशय पैदा गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले वैशाख १० मा लेखेको पत्रको जवाफमा सोमबार महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको हो । सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका...

  • २०८१ बैशाख २६, बुधबार

    सरकारको नीति तथा कार्यक्रम वैशाख ३० गते

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख ३० गते ल्याउने भएको छ।  नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम यही ३० गते ल्याउने सरकारले तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।  संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा बजेट संसदबाट सार्वजनिक गर्नुपर्छ। त्यसअघि नीति तथा कार्यक्रम ल्याउने गरिएको छ।  संसद्मा नीति तथा कार्यक्रम सरकारका तर्फबाट...

  • २०८१ बैशाख २६, बुधबार

    कांग्रेसको बटमलाइन– छानबिन समिति बने मात्र संसद् चल्छ

    काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समितिको मागलाई संसद्को आगामी अधिवेशनमा पनि कायमै राख्ने निष्कर्ष निकालेको छ।  आज सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति गठन गर्नुपर्ने विषयमा छलफल भएको हो।  यसअघि निरन्तर कांग्रेसले सोही मागलाई अघि सार्दै संसद्मा अवरोध गर्दै...

  • २०८१ बैशाख २६, बुधबार

    नयाँ उपकुलपतिको आगमनपछि त्रिभुवन विश्वविद्यालयको प्रगति विवरण सार्वजनिक

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीले शिक्षामन्त्रीलाई साक्षी राखेर पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका छन् । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले हालसम्म गरेका कार्यको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई साक्षी राखेका थिए । २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त भएका बरालले आफ्ना कार्यको प्रगति...

  • २०८१ बैशाख २६, बुधबार

    सुहाङ नेम्वाङको आज शपथ ग्रहण

    काठमाडौँ - इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै छन् । सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिने  छन् । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...

  • २०८१ बैशाख २६, बुधबार

    आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

    काठमाडौँ - आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । ...

  • २०८१ बैशाख २६, बुधबार

    हिमालयन इन्टरनेशनल अवार्डमा विजयरत्नलाई, रजत सम्मान र ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान'

    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत  मंगलबार काठमाडौंमा सम्पन्न एक समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिएको छ । माननीय रक्षा मन्त्री हरि प्रसाद उप्रेती प्रमूख अतिथी का रुपमा उपस्थित हुनु भएको सो समारोहमा उनले गायिका राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गर्नु भएको थियो । हिमालयन इन्टरनेशनल अवार्डका अध्यक्ष गणेश सुबेदी ले स्वागत मन्तव्य राख्नु भएको सो...

  • २०८१ बैशाख २५, मंगलबार

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या, हेलिकप्टरबाट काठमाडौं ल्याइने

    काठमाडौं - बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या आएको छ । रामेछापको मन्थली–३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा उनको स्वास्थ्यमा समस्या आएको हो । मुख्यमन्त्रीको प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

  • २०८१ बैशाख २५, मंगलबार

    सहकारी ठगी प्रकरणमा छानबिन समिति आवश्यक छैन : रास्वपा

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ।  आज बसेको रास्वपाको संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा जोडेर पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा संसदमा उठिरहेको सवालका विषयमा समेत छलफल भएको थियो। सो विषयमा छलफल गर्दै संसदीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिएको हो।  प्रमुख...

  • २०८१ बैशाख २४, सोमबार

    बढ्यो नेपालीको औसत आयु

    काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ।  राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।  कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ।   यसैगरी,...

Pages