STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF

  • २०८१ बैशाख २२, शनिबार

    काठमाडौंका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुँदै

    काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा भोलि आइतबारदेखि  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो।  यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि...

  • २०८१ बैशाख २१, शुक्रबार

    तामाङ र नेपालभाषाको औपचारिक प्रयोगको सुरुवातको अवसरमा वैशाख २४ गते सार्वजनिक बिदा

      काठमाडौ - बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपालभाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो । काठमाण्डौंको वसन्तपुरमा भव्य...

  • २०८१ बैशाख २१, शुक्रबार

    पूर्वशिक्षकले गोली हानेको किशोरीको बयान

    विराटनगर - झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । उनको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।...

  • २०८१ बैशाख २१, शुक्रबार

    १०० रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय

    काठमाडौं - सरकारले एक सय रुपैयाँको नोटमा नयाँ (चुच्चे) नक्सा राख्ने निर्णय गरेको छ ।  हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी  दिइन् ।  सरकारले २०७७ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ सार्वजनिक गरेको छ । 

  • २०८१ बैशाख २०, बिहिबार

    किन बन्द भयो नेपालको इन्टरनेट?

    काठमाडौं - आज बिहीबार देशका अधिकांश इन्टरनेट सेवा अवरुद्ध भएको छ । प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले विदेशबाट आयात गर्दै आएको व्यान्डविथको आपूर्ति रोकिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको बताएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले भारतको एयरटेल कम्पनीले आफूहरूलाई उपलब्ध गराउँदै आएको व्यान्डविथ रोकेको बताएको छ । एयरटेल, टाटा, रिलायन्सलगायत कम्पनीलाई नेपालमा प्रमुख इन्टरनेट...

  • २०८१ बैशाख २०, बिहिबार

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

    आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका  साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले  हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना...

  • २०८१ बैशाख २०, बिहिबार

    सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले...

  • २०८१ बैशाख २०, बिहिबार

    वैशाख २४ को कार्यक्रममा सहभागी हुन संस्कृति पर्यटन मन्त्रालयको आह्वान

    बागमती प्रदेश सरकारले पारित गरेको भाषा विधेयक लागु भएको अवसरमा वैशाख २४ गते हुन गइरहेको वृहत उत्सवको कार्यक्रममा सहभागी हुन बागमती प्रदेश सरकार संस्कृति पर्यटन एवं सहकारी विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् सम्पूर्णमा आह्वान गरेको छ । बागमती प्रदेशका संस्कृति पर्यटन एवं सहकारी विकासमन्त्री शैलेन्द्रमान वज्राचार्यको हस्ताक्षरसहित प्रेस विज्ञप्तिलाई बुधबार काठमाडौंको हिमालय होटलमा आयोजित...

  • २०८१ बैशाख २०, बिहिबार

    भाषा ऐन लागु हुने उत्सव समारोह समिति गठन

    नेपाल संवत् ११४४ चौलागा द्वादशी वैशाख २४ गते बागमती प्रदेशले तामाङ र नेपालभाषालाई प्रदेशस्तरीय सरकारी कामकाजी भाषाको रुपमा लागु गर्ने दिनको खुसियाली मनाउन समारोह समिति गठन गरिएको छ । गत सोमबार काठमाडौंको नेपाः ब्यांक्वेटमा प्रदेश संस्कृति पर्यटन एवं सहकारी विकास मन्त्रालयको आयोजनामा भएको एक भेलाले ३ सय ३ जना सदस्य रहेको समारोह समिति गठन गरेको हो । बागमती प्रदेशका संस्कृति, पर्यटन एवं सहकारी...

  • २०८१ बैशाख १८, मंगलबार

    प्रदेश नामाकरण पहिचानको विषय होइन : ओली

    काठमाडौं- पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान के हो? भन्दै प्रश्न गरेका छन्।  एमालेबाट निर्वाचित सुहाङ नेम्वाङको विजय र्‍यालीलाई सम्बोधन गर्दै ओलीले प्रदेशको नामाकरणको विषयलाई पहिचानसँग जोड्न नहुनेमा जोड दिए।   ‘पहिचान भनेको के हो? केलाई पहिचान भन्ने? हामी सबै नेपाली हौँ। त्यही पहिचान हो। धनी भए धनी नेपाली। गरिब भए दुनियाँले हेप्ने गरिब नेपाली,’ ओलीले भने, ‘...

  • २०८१ बैशाख १८, मंगलबार

    वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड रुपैयाँ चोरी

    पर्सा- वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ। सोमबार बिहान ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो। चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलले बताए। चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ। ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ। ५/६...

  • २०८१ बैशाख १८, मंगलबार

    ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु

    काठमाडौं- ललितपुरको आनन्द वनमा लागेकाे डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ।  गोदावरी नगरपालिका–४ आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको निधन भएको हो।  आगो निभाउने क्रममा घाइते भएका शंकरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।  मंगलबार दिउँसो बडिखेल जङ्गलमा भीषण आगलागी भएको छ। सो क्रममा प्रहरीसहित स्थानीयहरु आगो निभाउन गएका थिए। सो क्रममा...

Pages