STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AF

  • २०८१ बैशाख ३१, सोमबार

    मधेस सरकारबाट एमाले बाहिरियो, मुख्यमन्त्री अल्पमतमा

    काठमाडौं - सत्तारूढ दल नेकपा (एमाले) पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।  आज (आइतबार) केहीबेरअघि मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।  मुख्यमन्त्री निवासमा पुगेर एमालेका चारजना मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् । 

  • २०८१ बैशाख ३१, सोमबार

    जसपाबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले लिए शपथ

    काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त गरेका थिए। नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि जनता समाजवादी पार्टी...

  • २०८१ बैशाख ३१, सोमबार

    उपेन्द्र यादवद्वारा रकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  आज (सोमबार) मन्त्रीबाट राजीनामा दिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।  सत्ता साझेदार दल जसपा नेपालले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र संसदबाट...

  • २०८१ बैशाख ३१, सोमबार

    नइका चार नयाँ कृतिको लोकार्पण

    वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्तीको अवसरमा वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गर्नुभयो । वानीरा फाउन्डेसनले आयोजना गरेको सो समारोहमा  प्रा.डा.उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्रा.डा.सावित्री...

  • २०८१ बैशाख ३१, सोमबार

    शताब्दीपुरुष सत्यमोहन जोशीको जन्म जयन्तीको अवसरमा विभिन्न कृतिको लोकार्पण

    वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको १०५ वर्षको जन्मजयन्तीको अवसरमा आयोजित साताव्यापी कार्यक्रम आइतबार एक समारोह बीच समापन गरिएको छ। शताब्दीपुरुष सत्यमोहन जोशीको १०५ वर्षको जन्मजयन्तीको अवसरमा आयोजित साताव्यापि कार्यक्रममा बैशाख २४ गते पुस्तक प्रदर्शन, २५ गते पुरानो गुह्यश्वरीमा १०५ दीप प्रज्वलन, २६ गते सङ्ग्रहालय अवलोकन, २७ गते नामसंगीति पाठ, २८ गते सत्यमोहन लोकसाहित्य वाचन, २९ गते साइकल  र्‍...

  • २०८१ बैशाख ३०, आइतबार

    एभिन्यूज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक

    एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक परेको छ । उनकी श्रीमति प्रदिता राज राजकर्णिकारको ६० वर्षको उमेरमा गएराति निधन भएको हो । मुटुसम्बन्धी समस्याका कारण राति एक बजेर छत्तिस मिनेट जाँदा राजकर्णिकारको निधन भएको हो । उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएको छ । पशुपतिमा प्रदिता राज राजकर्णिकारलाई श्रद्धाञ्जली प्रकट गर्न नेपाल उद्योग बाणिज्य महासंघका...

  • २०८१ बैशाख ३०, आइतबार

    सुनको मूल्य बढ्यो, छापावाला सुन एक लाख ३८ हजार चार सय

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य...

  • २०८१ बैशाख ३०, आइतबार

    मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

      सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ । शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत खड्काले...

  • २०८१ बैशाख ३०, आइतबार

    बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

    काठमाडौँ महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गए राति दुई समूहबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” धिमालको शव...

  • २०८१ बैशाख २९, शनिबार

    मैथिली भाषाका चलचित्र न्यून

    नेपालमा नेपालीबाहेक अन्य भाषामा निकै कम सङ्ख्यामा चलचित्र निर्माण हुने गरेका छन् । तराई क्षेत्रमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि त्यहाँ हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा देखिन्छ । स्थानीयरुपमा बोलिने मैथिली भाषामा भने निकै कम चलचित्र निर्माण भएका छन् । नेपाली र भोजपुरी जस्तो पूर्ण तयारी भएर चलचित्र नबनेको विश्लेषण साहित्यकार तथा गीतकार धीरेन्द्र प्रेमर्षिको साहित्यिक नामले...

  • २०८१ बैशाख २९, शनिबार

    सती प्रथाविरुद्धको सांस्कृतिक विद्रोहः ईहि संस्कार

    परम्परागत संस्कारलाई निरन्तरता दिने क्रममा काभ्रेको बनेपामा सामुहिक ईहि कार्यक्रम सम्पन्न भएको छ  । नेवार समुदायभित्र रजश्वला हुनु अगाडि ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । स्थानिय वाँख्यः टोलले सामुहिक ईहि कार्यक्रम गरेको हो । बनेपास्थित जापाली गुठी घरमा सम्पन्न भएको सो ईहि कार्यक्रममा समुदायका ३८ जना बालिकाहरु सहभागी भएको कुरा आयोजक संस्थाका विश्वराम...

  • २०८१ बैशाख २९, शनिबार

    आजदेखि काठमाडौंका यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने

    काठमाडौं - आजदेखि काठमाडौंका विभिन्न स्थानको विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजदेखि सोमबारसम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै, जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । शनिबारदेखि सोमबारसम्म काठमाडौंको पाटीचोक,...

Pages