STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हिमालयन इन्टरनेशनल अवार्डमा विजयरत्नलाई, रजत सम्मान र ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान'

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ बैशाख २६, बुधबार

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत  मंगलबार काठमाडौंमा सम्पन्न एक समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिएको छ । माननीय रक्षा मन्त्री हरि प्रसाद उप्रेती प्रमूख अतिथी का रुपमा उपस्थित हुनु भएको सो समारोहमा उनले गायिका राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गर्नु भएको थियो । हिमालयन इन्टरनेशनल अवार्डका अध्यक्ष गणेश सुबेदी ले स्वागत मन्तव्य राख्नु भएको सो समारोहमा अवार्ड संयोजक गीता अधिकारीले  सो अवार्डं समारोह भव्य र सभ्य रुपमा सफल गर्न योगदान पुर्याउनु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

मंगलबार सम्पन्न  सो समारोहमा अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई नगद राशी सहित पत्रकारिता रजत सम्मान प्रदान गरिएको छ । सो सम्मानकोलागि नगद राशी शम्भुजित सेभेन नोट्स नामक संस्थाबाट प्रायोजन भएको थियो । सो समारोहमा पत्रकार  शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद देवकोटालाई पत्रकारिता सम्मान अर्पण गरिएको थियो । 

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो संस्करणको यो अवार्डमा गीत संगीत विशेष सम्मानबाट सिक्किमका जीवन शर्मा र चलचित्र विशेष सम्मानबाट सिक्किमका अभिनेत्री रुश्मा राई लाई लगायत समाजका विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई समेत सम्मानित गरिएको थियो ।

यसअघि यस हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, गुरुदेव कामद र वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई प्रदान गरिएको थियो ।

अवार्डं समारोहमा २९ विधाको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका प्रतिभाहरु लगायत अन्य प्रोत्साहन पुरस्कारहरुबाट सांगितिक प्रतिभाहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो ।

Categorized in साहित्य-कला