STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०७४ माघ १४, आइतबार

    जापानमा हुने नेवा: नसा नख:(नेवार फूड फेस्टिवल )मा नेवा:सुपर स्टार पुरस्कार घोषणा हुने  

    वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामि काइकान हलमा हुन लागेको पहिलो नेवा:नसा नख: (नेवार फूड फेस्टिवल ) ११३८ मा नेवा: सुपर स्टार पुरस्कार घोषणा हुने भएको छ l नेवार सिने कलाकारुहरुलाई प्रोत्साहन स्वरुप दिइने उक्त रकम एकमुस्त एक लाख रुपैंयाको हुनेछ l प्रत्यक वर्ष एक जना नेवा: सुपर स्टार घोषणा गरि उक्त पुरस्कार दिइने छ l नेपालभाषा कला – संस्कृति उत्थानका लागि प्रत्यक नयाँ वर्षमा...

  • २०७४ माघ १४, आइतबार

    नेवाः नसा नखः (नेवाः फूड फेस्टिभल)मा भाग लिन नेवाः जागरण मंचका अध्यक्ष जापान आइपुगे

    जापानीहरु बीचमा नेवार खाना संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुदँको उपलक्ष्यमा आयोजित नेवाः फुड फेस्टिभल २०१८ मा भाग लिन नेवाः जागरण मंचका अध्यक्ष सुजिव सूर्य बज्राचार्य, नेवाः जागरण मञ्च संयोजन समितिका सदस्यहरु निरन्जनरत्न शाक्य र मचाराजा महर्जन शनिबार जापान आईपुग्नु भएका छन् । उहाँहरुलाई जापानका टोकियोस्थित हानेदा विमानस्थलमा आयोजकका तर्फबाट वर्ल्ड...

  • २०७४ माघ १४, आइतबार

    बम आक्रमणको निन्दा

    नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त बम आक्रमणमा परी ९५ जनाको ज्यान जानुका साथैं १५८ जना घाइते भएको थियो । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै सरकारले उक्त घटनामा परी...

  • २०७४ माघ १४, आइतबार

    जापानमा नेवाः फुड फेस्टिभल ११३८ सुरु (नेवाः अनलाइन न्यूजबाट प्रत्यक्ष प्रसारण) (तस्बीर हेर्नुहोला)

    वर्ल्ड नेवाः अर्गनाइजेशन जापानको आयोजनामा टोकियोको इकेगामि काइकान हलमा आइतबार साँझ प्रथम नेवाः नसा नखः (नेवाः फुड फेस्टिभल) ११३८ सुरु भएको छ । उक्त फेस्टिभलमा जापानका लागि नेपालका महामहिम राजदूत प्रतिभा राणा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्छ । (नेवाः अनलाइन न्यूजबाट प्रत्यक्ष प्रसारण) https://www.facebook.com/newaonlinenews/videos/290560284802808/ (तस्बीर हेर्नुहोला)

  • २०७४ माघ १३, शनिबार

    मेलम्चीको पानी चैत १५ सम्ममा राजधानीमा ल्याउने

    मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो । यसैगरी ६७० किमी वितरण सञ्जालमध्ये ६४४ किमी पाइप बिच्छ्याइएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताउनुभयो । बजेट...

  • २०७४ माघ १३, शनिबार

    जापानी विदेश मन्त्रीले चीन भ्रमण गर्नुहुने

    जापानी विदेश मन्त्री तारो कानोले चीनको भ्रमण गर्न लाग्नुभएको छ । उहाँले जनवरी २७ बाट २८ सम्म भ्रमण गर्न लाग्नुभएको चीनको विदेश मन्त्रालका प्रवक्ता हुआ चुङ्यीङ्गले शुक्रबार बेइजिङमा जानकारी दिनुभयो । उहाँले आफ्ना चिनियाँ समकक्षीलाई भेट्नुका साथै अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्नुहुने भएको छ । यस भेटघाटका क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने...

  • २०७४ माघ १३, शनिबार

    जापान आए निखिल ‘पिंजडा ब्याक अगेन’ लिएर 

    निखिलसँगै निर्देशक हिमाल के.सी र नायिका एवं निर्माता सञ्चिता लुइटेल पनि जापानमा एक्सन नायकको रुपमा चलचित्र उद्योगमा उदाएका निखिल उप्रेती ‘पिंजडा ब्याक अगेन’ लिएर जापान आइपुगेका छन् । गत हप्तादेखि नेपालभर प्रदर्शन भएको चलचित्रको यो साता हुने जापान प्रदर्शनको तयारी र चलचित्र बारे जानकारी दिन बुधबार टोकियोमा पत्रकार सम्मेलन गरिएको थियो । जनवरी २८ तारिख आइतबार इन्टरनेशनल शोको पहिलो शो लिएर...

  • २०७४ माघ १३, शनिबार

    अधिकार प्राप्त गर्दैछन् अरबी महिला

    अन्तरराष्ट्रिय आलेख सेवा  –मोहिनी मिश्र रिसाल साउदी अरेबियामा महिलाले फुटबल खेल हेर्न रङगशाला प्रवेश गर्न पाउने समाचारले यो महिनाको सुरुवातमा लगभग अन्तरराष्ट्रियस्तरमा नै ठूलो प्राथमिकता पायो । साउदी अरेबिया र गल्फमात्र होइन कि विश्वका अन्य देशहरुले यस समाचारलाई ठूलो महत्वका साथ दिए । विश्वका कैयौँ देशका महिला राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशको शासन सञ्चालनमा पुगेका छन् । तर पनि साउदी...

  • २०७४ माघ १२, शुक्रबार

    रानीपोखरी मल्लकालीन र बालगोपालेश्वर ग्रन्थकूटशैलीमा बनाऊः विज्ञ

    रानीपोखरी पुनःनिर्माण गर्न गठित विज्ञ समूहले पोखरी प्रताप मल्लकालीन र बालगोपालेश्वर मन्दिर ग्रन्थकूटशैलीमा बनाउन सुझाव दिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको रानीपोखरी पुनःनिर्माणका लागि सुझाव दिन गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो । विज्ञ समूहले यही माघ ३ गते स्थानीयवासी र नागरिक समाजसँग सुझाव सङ्कलन गरी काठमाडौँ महानगरपालिकालाई माघ ७ गते प्रतिवेदन बुझाउँदै मल्लकालीन शैलीमा...

  • २०७४ माघ १२, शुक्रबार

    रक्तचाप, कुन उमेरमा कति हुनुपर्छ ?

    अधिकांश घरमा खोज्ने हो भने, उच्च रक्तचापको रागी भेटिन सक्छ । बुढ्यौलीसँगै उच्च रक्तचापको समस्या देखिन थाल्छ, जो स्वभाविक हो । तर, अहिले बुढ्यौलीमा मात्र होइन, युवा र किशोरहरुमा समेत यस्तो समस्या देखिन थालिएको छ । खासगरी वर्तमानमा हामीले जुन किसिमको जीवनयापन भोग गरिरहेका छौं, त्यो उच्च रक्तचापको कारण बनिरहेको छ । ऐशआरमपूर्ण जीवन, प्रशोधित खानेकुराको सेवन, दिनहुँको दौडधूप आदिले हामीलाई रोगी...

  • २०७४ माघ १२, शुक्रबार

    दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको ज्यान गयो, कैयौँ घाइते

    अमेरिकाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो । यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचारमा जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ । दक्षिण कोरियामा आगामी महिना हुन...

  • २०७४ माघ १२, शुक्रबार

    टेलिकमद्वारा २२ लाख बक्यौता असुल

    नेपाल टेलिकम बागलुङ कार्यालयले दुई महिनाको अवधिमा रु २२ लाख बक्यौता रकम असुल गरेको छ । धवलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका ग्राहकबाट सो रकम असुल गरेको हो । अझै रु ४० लाख बक्यौता ग्राहकबाट उठाउन बाँकी रहेको कार्यालयका लेखा प्रमुख दिनेश न्यौपानेले जानकारी दिनुभयो । “पाँच सयभन्दा बढी ग्राहकले पुरानो बक्यौता तिर्न बाँकी छ,” उहाँले भन्नुभयो– “ठूलो रकम भएका एक सयभन्दा बढी ग्राहकले बक्यौता...

Pages