STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानी विदेश मन्त्रीले चीन भ्रमण गर्नुहुने

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १३, शनिबार

जापानी विदेश मन्त्री तारो कानोले चीनको भ्रमण गर्न लाग्नुभएको छ ।

उहाँले जनवरी २७ बाट २८ सम्म भ्रमण गर्न लाग्नुभएको चीनको विदेश मन्त्रालका प्रवक्ता हुआ चुङ्यीङ्गले शुक्रबार बेइजिङमा जानकारी दिनुभयो ।

उहाँले आफ्ना चिनियाँ समकक्षीलाई भेट्नुका साथै अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्नुहुने भएको छ । यस भेटघाटका क्रममा द्विपक्षीय हितलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाका विषयमा छलफल हुने अनुमान गरिएको छ । [caption id="attachment_447" align="alignleft" width="285"]जापानी विदेश मन्त्री तारो कानो जापानी विदेश मन्त्री तारो कानो[/caption] नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुआले उच्चस्तरको भ्रमणले दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । हिजो प्राप्त समाचारअनुसार बेलायतका प्रधानन्त्री थेरेसा मेले पनि चीनको भ्रमण गर्न लाग्नुभएको छ । उहाँले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता चुङयीङले बिहीबार जानकारी नै दिनुभएको थियो । बेलायती प्रधानमन्त्री थेरेसाले चीनको सांघाइ र वुहानको पनि भ्रमण गर्ने तालिका रहेको अधिकारीहरूले बताएका थिए । प्रधानमन्त्री भएपछि थेरेसाले अहिले पहिलो पटक चीनको भ्रमण गर्न लाग्नुभएकाले भ्रमणलाई उच्च महत्व र अर्थपूर्ण रूपमा हेरिएको छ ।
Categorized in राष्ट्रिय