STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापानमा हुने नेवा: नसा नख:(नेवार फूड फेस्टिवल )मा नेवा:सुपर स्टार पुरस्कार घोषणा हुने  

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १४, आइतबार

वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको आयोजनामा टोकियोको इकेगामि काइकान हलमा हुन लागेको पहिलो नेवा:नसा नख: (नेवार फूड फेस्टिवल ) ११३८ मा नेवा: सुपर स्टार पुरस्कार घोषणा हुने भएको छ l

नेवार सिने कलाकारुहरुलाई प्रोत्साहन स्वरुप दिइने उक्त रकम एकमुस्त एक लाख रुपैंयाको हुनेछ l प्रत्यक वर्ष एक जना नेवा: सुपर स्टार घोषणा गरि उक्त पुरस्कार दिइने छ l

नेपालभाषा कला – संस्कृति उत्थानका लागि प्रत्यक नयाँ वर्षमा एक आर्थिक सहयोग अभियान अन्तर्गत उक्त पुरस्कारको घोषणा हुन लागेको हो l

यस अभियानलाई सफल तुल्याउन संसार भरका सम्पूर्ण नेपालीहरुलाई आर्थिक सहयोग गर्न संस्थाका संयोजक सुनिलकुमार शाक्यले आव्हान गरेको छ l

स्मरण रहोस नेपाल सम्बत ११३७ को उपलक्षमा नेपालभाषा मचा सिरपा: (नेपालभाषा बाल पुरस्कार ) अन्तर्गत हाल सम्म १८ जनाको सहयोगले १८ लाख रुपैंया आर्थिक संकलन भई अक्षय कोष खडा भई सकेको छ l

Categorized in राष्ट्रिय