STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बम आक्रमणको निन्दा

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १४, आइतबार

नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एम्बुलेन्स बम आक्रमणको निन्दा गरेको छ । उक्त बम आक्रमणमा परी ९५ जनाको ज्यान जानुका साथैं १५८ जना घाइते भएको थियो । उक्त आक्रमणमा परी कैयौँको ज्यान जानाका साथै धेरै घाइते भएका थिए । परराष्ट्र मन्त्रालयले आज वक्तव्य जारी गरी शोकको यस घडीमा अफगान सरकार, त्यहाँका जनता तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै सरकारले उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त जघन्य घटनाका दोषीलाई अफगान सरकारले शीघ्र कानूनको कठघरामा उभ्याउने विश्वास पनि नेपाल सरकारले व्यक्त गरेको छ ।

Categorized in अपराध-दुर्घटना