STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रक्तचाप, कुन उमेरमा कति हुनुपर्छ ?

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १२, शुक्रबार

अधिकांश घरमा खोज्ने हो भने, उच्च रक्तचापको रागी भेटिन सक्छ । बुढ्यौलीसँगै उच्च रक्तचापको समस्या देखिन थाल्छ, जो स्वभाविक हो । तर, अहिले बुढ्यौलीमा मात्र होइन, युवा र किशोरहरुमा समेत यस्तो समस्या देखिन थालिएको छ ।

खासगरी वर्तमानमा हामीले जुन किसिमको जीवनयापन भोग गरिरहेका छौं, त्यो उच्च रक्तचापको कारण बनिरहेको छ । ऐशआरमपूर्ण जीवन, प्रशोधित खानेकुराको सेवन, दिनहुँको दौडधूप आदिले हामीलाई रोगी बनाउँदैछ । आधुनिक उपकरणको कारणउच्च रक्तचाप हुनु भनेको रगतको प्रवाहमा अवरोध आउनु हो । जब शरीरमा रगत राम्ररी प्रवाह हुन पाउँदैन, त्यसको भार मुटुलाई पर्छ । यसैलाई रक्तचाप भनिएको हो । अहिले यस्तो समस्या किशोरहरुमा पनि देखिन थालिएको छ । टेलिभिजन, भिडियो गेम, कम्प्युटर र स्मार्ट फोनको अत्यधिक प्रयोगका कारण बच्चाहरुको आउडोर गेममा रुची निकै कम भइरहेको छ । यस्तो अवस्थामा उनीहरु धेरै खान्छन्, तर क्यालोरी बर्न हुन पाउँदैन । जसले गर्दा बालबच्चा तथा किशोर-किशोरीहरु मोटोपनाको शिकार बनिरहेका छन् । बच्चाहरुमाथि पढाईको बोझका साथै बाबुआमाले उनीहरुमाथि अपेक्षा पनि धेरै राख्छन् । यसले गर्दा उनीहरु तनावग्रस्त बन्छन् । यस्तो स्थितिमा उनीहरुको रक्तचाप असामान्य बन्न पुग्छ । किशोर-किशोरी तथा युवा-युवतीहरु जब तनावले गर्दा आफूलाई असामान्य महसुस गर्छन्, उनीहरु डाक्टरको परामर्शमा गइहाल्नुपर्छ । सावधानी अपनाउने -उच्च रक्तचापको कुनै स्थाई उपचार हुँदैन । यसलाई खानपानमा सुधार, स्वस्थ जीवनशैली, र औषधिबाट नियन्त्रित गर्न सकिन्छ । एकपटक ब्लड प्रेसर बढेको थाहा भइसकेपछि औषधि नियमित सेवन गर्नुपर्छ र डाक्टरको नियमित सम्पर्कमा बस्नुपर्छ । -उच्च रक्तचापको अवस्थामा दुई कुरामा ध्यान दिन आवश्यक हुन्छ । धूम्रपानको लत र कोलस्ट्रोलको स्तर बढ्नु हृदयघातको कारण बन्ने गर्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिहरुले धुम्रपान त्यागिहाल्नुपर्छ । -मानसिक तनाव पनि उच्च रक्तचापको समस्याको एउटा ठूलो कारण हो । त्यसैले तनावलाई आफूमा हावी हुन दिनुहुन्न । – उच्च रक्तचाप भएकाहरुले खानपानमा संयम अपनाउनुपर्छ । -उच्च रक्तचाप भएकाहरुले खानामा नूनको मात्रा प्रतिदित ३.४ ग्रामभन्दा बढि लिनु हुँदैन । आहारामा आधा चम्चा नून कम गर्दा पनि उच्च रक्तचाप सामान्य स्तरमा आउन सक्छ । उमेरको हिसाबले कति हुनुपर्छ रक्तचाप ? १५ देखि १८ वर्षसम्म पुरुषः ११७-७७ mmHg महिलाः १२०-८५ mmHg १९देखि २४ वर्षसम्म पुरुषः १२०-७९ mmHg महिलाः १२०-७९ mmHg २५ देखि २९ वर्षसम्म पुरुषः १२०-८० mmHg महिलाः  १२०-८० mmHg ३० देखि ३५ वर्षसम्म पुरुषः १२२-८१ mmHg महिलाः १२३-८२ mmHg ३६ देखि ३९ वर्षसम्म पुरुषः १२३-८२ mmHg महिलाः १२४-८३ mmHg ४० देखि ४५ वर्षसम्म पुरुषः १२४-८३ mmHg महिलाः १२५-८३ mmHg ४६ देखि ४९ वर्षसम्म पुरुषः १२६-८४ mmHg महिलाः १२७-८४ mmHg ५० देखि ५५ वर्षसम्म पुरुषः १२८-८५ mmHg महिलाः १२९-८५ mmHg ५६ देखि ५९ वर्षसम्म पुरुषः १३१-३७ mmHg महिलाः १३०-८६ mmHg ६० देखि माथि पुरुषः १३५-८८ mmHg महिला १३४-८४ mmHg
Categorized in राष्ट्रिय