STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः नसा नखः (नेवाः फूड फेस्टिभल)मा भाग लिन नेवाः जागरण मंचका अध्यक्ष जापान आइपुगे

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १४, आइतबार

जापानीहरु बीचमा नेवार खाना संस्कृतिको प्रबर्द्धन गर्ने उद्देश्यले जापानमा पहिलो पटक नेपाल सम्बत ११३८ न्हुदँको उपलक्ष्यमा आयोजित नेवाः फुड फेस्टिभल २०१८ मा भाग लिन नेवाः जागरण मंचका अध्यक्ष सुजिव सूर्य बज्राचार्य, नेवाः जागरण मञ्च संयोजन समितिका सदस्यहरु निरन्जनरत्न शाक्य र मचाराजा महर्जन शनिबार जापान आईपुग्नु भएका छन् ।

उहाँहरुलाई जापानका टोकियोस्थित हानेदा विमानस्थलमा आयोजकका तर्फबाट वर्ल्ड नेवाः अर्गनाईजेन जापानका संयोजक तथा नेवाः जागरण मंच जापानका सल्लाहकार सुनिलकुमार शाक्यले फूलको गुच्छाले स्वागत गर्नुभएको थियो ।

लगतै शनिबार साँझ उहाँहरुको स्वागतमा शिबुयास्थित चुबाकी गार्डनमा स्वागत तथा रात्रीभोजको आयोजना गरिएको थियो ।

सो अवसरमा नेवाः जागरण मंचका अध्यक्ष सुजिव सूर्य बज्राचार्यले जापानमा नेवाः नसा नखःले जापानीहरु माँझमा नेवारी खाना तथा संस्कृतिको प्रचार तथा प्रवर्द्धन गर्न गरिकोमा आयोजकलाई धन्यवाद दिदै आफूहरु यस कार्यक्रममा सहभागि हुन पाउँदा अत्यन्त खुशी भएको कुरा बताउनु भएको भयो ।

स्वागत मन्तब्य दिदै नेवाः नसा नखःका प्रतिनिधि जापानी नागरिक यामाकावा मासाहिरो ‘ब्यांचा दाई’ले यस कार्यक्रमलाई सोभा बढाउन हाम्रो निमन्त्रणालाई स्वागत गरि नेपालदेखि भाग लिन आउनु भएकोमा धन्यवाद दिदैं यस नेवाः नसा नखःमा १५० भन्दा बढी जापानीहरु आउने कुरा उहाँले बताउनु भयो ।

कुमारी, लाखेनाच, धिमे बाजा, भुस्याः बाजा तथा विभिन्न नेवारी संस्कृति झल्कने भेषभूषाको प्रदर्शन तथा सांस्कृतिक टिमले भब्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको हुनाले उक्त दिन नेवारी खानाको साथै नेपालको जात्राको प्रत्यक्ष अनुभव गर्न सकिने कुराको जानकारी सांस्कृतिक कार्यक्रमका संयोजक सकुल प्रजापतिले प्रस्ट्याउँदै उक्त कार्यक्रमको समापन गर्नुभएको थियो ।

जनवरी २८ आइतवारका दिन हुने उक्त कार्यक्रममा भाग लिन सम्पूर्ण जापानबासी नेपालीहरुलाई आयोजकका तर्फबाट जनकराज शाक्यले आह्वान गर्नु भएको छ ।

Categorized in राष्ट्रिय