STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जापान आए निखिल ‘पिंजडा ब्याक अगेन’ लिएर 

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १३, शनिबार

निखिलसँगै निर्देशक हिमाल के.सी र नायिका एवं निर्माता सञ्चिता लुइटेल पनि जापानमा

एक्सन नायकको रुपमा चलचित्र उद्योगमा उदाएका निखिल उप्रेती ‘पिंजडा ब्याक अगेन’ लिएर जापान आइपुगेका छन् ।
गत हप्तादेखि नेपालभर प्रदर्शन भएको चलचित्रको यो साता हुने जापान प्रदर्शनको तयारी र चलचित्र बारे जानकारी दिन बुधबार टोकियोमा पत्रकार सम्मेलन गरिएको थियो । जनवरी २८ तारिख आइतबार इन्टरनेशनल शोको पहिलो शो लिएर जापान आएका निखिलसँगै निर्देशक हिमाल के.सी र नायिका एवं निर्माता सञ्चिता लुइटेल पनि जापान आएका छन् । द्वन्द्व निर्देशक के.सीको डेव्यु निर्देशन रहेको चलचित्रमा एक्सन मात्र नभएर पारिवारिक प्रेमकथा समेत देख्न सकिने के.सीले बताए । त्यस्तै नायक निखिलले चलचित्र ‘पिंजडा ब्याक अगेन’ आफ्नो डेव्यु चलचित्र ‘पिंजडा’को सिक्वल नभएको बताए । उनले चलचित्र एक्सनमुभि नभएर एक युवकको परिबन्दलाई कथामा उतारिएको बताए । परिणामभन्दा पनि गुणस्तरमा ध्यान दिएर चलचित्र खेल्ने र निर्माण गर्ने बताएका निखिलले नेपाल प्रदर्शनमा दर्शकबाट पाएको साथले आफूहरु उत्साहित भएको र त्यस्तै साथ जापानवासी नेपालीहरुबाट पनि पाउनेमा आशावादी रहेको बताए । चलचित्र जापानमा क्लासिक युथ क्लवको व्यवस्थापनमा प्रदर्शन गर्न लागिएको हो । कार्यक्रममा सञ्चितासँगै जापानमा रहेर नेपाली चलचित्र निर्माण गर्दै आएका ईश्वर श्रेष्ठ, व्यवसायी दिलु खत्रीको पनि उपस्थिती रहेको थियो । चलचित्रमा निखिलसँगै नायिका सारा श्रीपाईली, पुकार भट्टराई, ज्याक श्रेष्ठ, तारा रञ्जित थापा, बाल कलाकार कुशाग्र भट्टराईको अभिनय रहेको छ । मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायांकन र निर्देशक के.सीको द्वन्द्व निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्र मेगुरो कुमिन सेन्टरमा प्रदर्शन हुनेछ ।
Categorized in सिनेमा