STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

sites

  • २०८१ बैशाख २४, सोमबार

    बढ्यो नेपालीको औसत आयु

    काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ।  राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।  कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ।   यसैगरी,...

  • २०८१ बैशाख २४, सोमबार

    नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

    काठमाडौं - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।  भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबीचको...

  • २०८१ बैशाख २४, सोमबार

    काठमाडौको कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु

    काठमाडौं - कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ। दुर्घटनामा तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। कीर्तिपुर-रत्नपार्क चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउनै बाँकी छ।

  • २०८१ बैशाख २४, सोमबार

    तामाङ भाषा र नेपालभाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा

    काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका विद्यालयहरूमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ भाषा र नेपालभाषालाई बागमती प्रदेशको...

  • २०८१ बैशाख २४, सोमबार

    अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा

    काठमाडौं- जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व जसपाले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।  पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन्। केन्द्रीय अध्यक्ष...

  • २०८१ बैशाख २३, आइतबार

    दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

    एजेन्सी- ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन्। यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ। साथै ६७ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे शहर बाढीका कारण...

  • २०८१ बैशाख २३, आइतबार

    भारत निर्वाचनको लागि नेपाल–भारत सीमा ८ दिन बन्द रहने

    काठमाडौं - छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका ८ दिन बन्द गरिने भएको छ।  विहारको मधुवनी जिल्लामा वैशाख २५ गते र जेठ ७ गते गरी दुई चरणमा निर्वाचन हुँदैछ। जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने  छ। ...

  • २०८१ बैशाख २३, आइतबार

    ललितपुरको मोबिल स्टोरमा आगो लाग्दा ५ जना घाइते

    काठमाडौं- ललितपुरमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।   आइतबार दिँउसो ललितपुर महानगरपालिका वडा नं १७ स्थित बाफल भन्ने स्थानमा आगलागी भएको हो।  मोबिलको स्टोर भएको टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराजले जानकारी दिए।  घाइतको अहिले किष्ट अस्पतालमा उपचार भइरहेको उनले बताए।  ‘मोबिल राखिएको स्टोर भएको टहरोमा आगलागी भएको हो,’ उनले भने...

  • २०८१ बैशाख २३, आइतबार

    गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' विजयरत्न रजत सम्मानबाट सम्मानित हुने

    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत आउँदो मंगलबार काठमाडौंमा हुने एक कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिने कुराको जानकारी अवार्ड संयोजक गीता अधिकारीले  दिएकि छिन् ।  बैशाख २५ गते सम्पन्न हुने सो समारोहमा अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ भने  शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद...

  • २०८१ बैशाख २२, शनिबार

    डिभीको नतिजा आज आउँदै

    काठमाडौँ - अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज शनिबार आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । दूतावासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर यहाँ क्लीक गरेर नतिजा हेर्न सक्ने जनाएको छ । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दूतावासले जानकारी दिएको छ ।

  • २०८१ बैशाख २२, शनिबार

    कोटेश्वरको जाम हटाउन फ्लाइओभर सुरूङमार्ग निर्माण गरिने

    काठमाडौं - अत्यधिक सवारी चापका कारण खेप्नुपरेको जामको मारलाई हटाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगबाट तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनी सुरूङमार्ग बनाइने भएको छ । ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’का रूपमा यस्तो संरचना बन्न लागेको हो ।  यसको निम्ति जाइका र नेपाल सरकारबीच परियोजना अघि बढाउन ऋण सम्झौताको...

Pages