STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोटेश्वरको जाम हटाउन फ्लाइओभर सुरूङमार्ग निर्माण गरिने

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २२, शनिबार

काठमाडौं - अत्यधिक सवारी चापका कारण खेप्नुपरेको जामको मारलाई हटाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगबाट तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा फ्लाइओभर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुनी सुरूङमार्ग बनाइने भएको छ । ‘कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’का रूपमा यस्तो संरचना बन्न लागेको हो । 

यसको निम्ति जाइका र नेपाल सरकारबीच परियोजना अघि बढाउन ऋण सम्झौताको तयारी गरिएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले बताए ।

अत्यधिक सवारी चापका कारण कोटेश्वर चोकमा हरेक दिन लामो जाम हुने गरेको र त्यही समस्या समाधान गर्न जाइकाले सहुलियतपूर्ण ऋण उपलब्ध गराउन लागेको हो । जाइकाले यो आयोजनाका लागि पूर्वसम्भाव्यता अध्ययन गरिसकेको छ ।

६६५ मिटर लामो हुने फ्लाइओभर काठमाडौं तीनकुने सुविधानगरको बागमती खोलाको पुल नजिकैबाट सुरू हुनेछ । तीनकुने तर्फको उक्त फ्लाइओभर तीनकुने पार्क नजिकै रहेको भैरव मन्दिर भएको ठाउँसम्म रहने छ भने सिधै जडीबुटी पुगिने ६१० मिटर लामो सुरूङ विमानस्थल मुनिबाट बनाइनेछ । संवेदनशील क्षेत्र विमानस्थलमा बनाउनुपर्ने भएकोले रातीराती मात्र काम गरी ६ वर्ष भित्र सक्ने लक्ष्य लिइएको छ ।

Categorized in उपत्यका