STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' विजयरत्न रजत सम्मानबाट सम्मानित हुने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०८१ बैशाख २३, आइतबार

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत आउँदो मंगलबार काठमाडौंमा हुने एक कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिने कुराको जानकारी अवार्ड संयोजक गीता अधिकारीले  दिएकि छिन् । 

बैशाख २५ गते सम्पन्न हुने सो समारोहमा अग्रज चलचित्र पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान प्रदान गरिने भएको छ भने  शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद देवकोटालाई पत्रकारिता सम्मान अर्पण गरिने निर्णय भएको अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिएका छन् ।

‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको चौथो संस्करणको यो अवार्डमा गीत संगीत विशेष सम्मानबाट सिक्किमका जीवन शर्मा र चलचित्र विशेष सम्मानबाट सिक्किमका अभिनेत्री रुश्मा राई लाई पनि सम्मान गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।

यसअघि यस हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, गुरुदेव कामद र वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई प्रदान गरिएको थियो ।

Categorized in साहित्य-कला