राष्ट्रिय
-
२०८० भाद्र २६, मंगलबार
नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा
काठमाडौँ - नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएकाे उनकाे पार्थिव शरीरमाथि फूलमाला सहित श्रद्धाञ्जली दिने नेता-कार्यकर्ता तथा शुभेच्छुककाे भीड लागेकाे छ । पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले...
-
२०८० भाद्र २६, मंगलबार
नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्त्येष्टिकाे दिन सार्वजनिक बिदा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । सोमबार राति हृदयघातका कारण निधन भएका नेम्वाङको अन्त्येष्टि उनका छोराहरू विदेशबाट आइसकेपछि मात्रै गरिने जनाइएको छ । सम्भवतः बुधबार या नभए जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सरकारले सार्वजनिक बिदा समेत दिने...
-
२०८० भाद्र २५, सोमबार
तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निक्र्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासङ्घ पदाधिकारीसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेको...
-
२०८० भाद्र २४, आइतबार
जातीय र धार्मिक द्वन्द्व नफैलाउन अध्यक्ष दाहालको आग्रह
हेटौँडा ,नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गर्नुभएको छ । आज यहाँ आयोजित समाजबादी मोर्चा नेपाल बागमती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गर्नुभयो । “हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक...
-
२०८० भाद्र २१, बिहिबार
कृष्ण जन्माष्टमीका दिन टक्सार बजारमा मनाइयो ‘लाखेजात्रा’
भोजपुर - भोजपुरको ऐतिहासिक टक्सार बजारमा नेवार समुदायको पहिचान बोकेकाे धार्मिक एवं सांस्कृतिक पर्व लाखेजात्राको संरक्षणको लागि धार्मिक मेला भव्य रूपमा मनाइएको छ । भौगोलिक हिसाबले टक्सार ऐतिहासिक बजार पनि हो । मिनी पाटनसमेत भनिने १८७२ गीर्वाणयुद्ध बिक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि त्यतिकै प्रख्यात ठाउँ मानिन्छ । यहाँ कृष्ण मन्दिर, बिहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ...
-
२०८० भाद्र २१, बिहिबार
श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ - प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको घुइँचो लागेको छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको...
-
२०८० भाद्र २१, बिहिबार
राष्ट्रपतिले गरे पाटनस्थित कृष्ण मन्दिरको दर्शन
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले पाटन दरबार...
-
२०८० भाद्र १९, मंगलबार
साढे ११ हजार स्मार्ट सडक बत्ती जडान
काठमाडौं– ‘शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो...
-
२०८० भाद्र १८, सोमबार
आजको मौसमः भारी वर्षाको सम्भावना
काठमाडौँ, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको छ । साथै बङ्गालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले देशका धेरैजसो स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र ती प्रदेशका थोरै स्थानमा मेघ...
-
२०८० भाद्र १७, आइतबार
संविधान दिवस तीन दिनसम्म मनाइने
काठमाडौं - नेपाल सरकारले संविधान दिवसलाई तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूलसमारोह समितिको बैठकले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको हो । बैठकले असोज २,३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । कार्यक्रमअन्तर्गत असोज २ गते विशेष संवाद, जनचेतनामूलक...
-
२०८० भाद्र १६, शनिबार
संस्कृति लोप हुँदै गएकाप्रति नेवार समुदाय चिन्तित
भोजपुर, बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि भोजपुरका नेवार समुदायका व्यक्तिहरु संरक्षणमा जुटेका छन् । मौलिक परम्परा धर्म संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पु¥याउन उनीहरु यसको संरक्षणमा जुटेका हुन् । नेवार समुदायले विगतबाट मान्दै आएका परम्परालाई जीवन्त राख्नका लागि गाउँघरमा विभिन्न सङ्घ संस्था गठन गरेर आफ्नो संस्कार संस्कृतिको संरक्षणको निमित्त काम गर्दै आएको...
-
२०८० भाद्र १५, शुक्रबार
नक्साका बारेमा प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा छलफल हुन्छः प्रवक्ता सापकोटा
काठमाडौँ, १नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताउनुभयो । “चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ ।...


