STC 810x100 adv
janswastha 11 11 78

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कमा

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र ३१, आइतबार

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका पुगेका छन् ।

प्रचण्डलाई विमानस्थलमा संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरेका थिए ।

राष्ट्र संघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । 

प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने छन् । 

विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता बारे उनले मन्तव्य व्यक्त गर्नेछन् । आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमासमेत प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । 

न्यूयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय