राष्ट्रिय
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सरकारले तोक्यो सम्पर्क व्यक्ति
काठमाडौं- सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरूको आवश्यक जानकारी, सहयोग र सहजिकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो । सरकारले परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको छ । यस्तै...
-
२०८० आश्विन २१, आइतबार
हमास आक्रमणमा १० जना नेपालीको मृत्यु
काठमाडौं - हमासले इजरायलमाथि गरेको आक्रमणमा परेका १७ जना नेपाली मध्ये १० जना नेपालीको मृत्यु भएको छ ।हमासले गरेको आक्रमणमा परि १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्क विहिन भएको इजरायल स्थित नेपाली दुतावसले जनाएको छ । आक्रमणबाट घाइते नेपाली मध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी...
-
२०८० आश्विन २१, आइतबार
थारू महिलाले मनाए जितिया पर्व
चितवन, २१ असोज स् यहाँका थारू महिलाहरुले जितिया पर्व हर्षोल्लासका साथ मनाएका छन् । पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू समुदायको बाक्लो बसोबास छ । सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतका रुपमा चिनिने व्रत वा पर्व जितिया पर्व हो । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन मनाउने गरिन्छ । थारू कल्याणकारी सभा चितवनका सभापति ललित चौधरीका अनुसार यो व्रत वा उपवासका क्रममा...
-
२०८० आश्विन २०, शनिबार
चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्प
काठमाडौँ, बझाङ केन्द्रविन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा पाँच दशमलव तीन र १२ बजेर ३२ मिनेटमा चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । आजको भूकम्प गत मङ्गलबार दिउँसो बझाङ केन्द्रविन्दु भएर गएको छ दशमलव तीन म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो चार दिनमा बझाङ केन्द्रविन्दु भएर १५ पटक भूकम्पका धक्का...
-
२०८० आश्विन १९, शुक्रबार
कर्मचारी आन्दोलनः आजबाट अत्यावश्यक बाहेक सबै सेवा ठप्प
काठमाडौं - स्थानीय तहका कर्मचारीहरुले आज शुक्रबारदेखि अत्यावश्यक बाहेकका सेवा रोकेका छन् । सरकारले स्थानीय सेवाका कर्मचारीहरुको मागबारे प्रतिक्रिया नजनाएपछि ७५३ वटै स्थानीय तहका कर्मचारीहरुले नियमित सेवा दिन रोकेका हुन् । मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै शुक्रबारदेखि संघर्ष सुरू गर्ने चेतावनी दिएका थिए । तर, आफुहरुको माग पूरा गर्न सरकार...
-
२०८० आश्विन १९, शुक्रबार
दसैँका लागि आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ
काठमाडौं- दसैँतिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरूको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएपनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय भइनसकेको...
-
२०८० आश्विन १९, शुक्रबार
भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुँदै
काठमाडौँ - काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन हुन लागेको बताएका छन् । शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भिभिआईपीको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्न मन्त्रिपरिषद्मा पुगेको जानकारी दिए । कार्यविधिमा सवारी शब्दलाई भ्रमण भन्ने शब्दमा...
-
२०८० आश्विन १९, शुक्रबार
भूकम्पपीडितको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड बझाङमा
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ पुगेका छन् । प्रधानमन्त्री दाहाल भर्खरै नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका हुन्। उनले भूकम्पले बढी क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्नेलगायत कार्यक्रम निर्धारण गरिएको छ । प्रधानन्त्री दाहालले चैरपुर र तालकोटमा भूकम्पबाट भएको क्षतिको जानकारी...
-
२०८० आश्विन १९, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपिल
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयमता अपनाउन अनुरोध गर्नुभएको छ । सामाजिक एकता र सद्भाव कायम गर्ने सम्बन्धमा दिनुभएको सार्वजनिक सन्देशमा उहाँले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुने गरी भएका घटनाप्रति ध्यानाकर्षण...
-
२०८० आश्विन १९, शुक्रबार
जनजाति प्रतिष्ठानले दियो दैलेखका राउटे समुदायलाई राहत
दशैंतिहार जस्तो चाडपर्व नजिकिदै गर्दा दैलेखको भैरवी गाउँपालिकामा रहेका लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण गरिएको छ । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको टोलीले दैलेखको भैरवी गाउँपालिका वडा नं २ रावतकोटमा रहेका राउटे समुदायलाई सोही गाउँमा पुगेर खाद्यान्न, दाल, चामल, पाल, कपडा तथा कम्मल लगायतका राहत सामग्री वितरण गरेका हुन् । प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको विशेष...
-
२०८० आश्विन १८, बिहिबार
नेपालगञ्जमा निषेधाज्ञा खुकुलो
नेपालगञ्ज १८ असोज स् बाँकेको नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो । उपमहानगर क्षेत्रभित्र मङ्गलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकोमा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत्रुपमा उपमहानगर क्षेत्रभित्र...
-
२०८० आश्विन १८, बिहिबार
मौसममा क्रमिक सुधार
काठमाडौँ, विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि मौसम सुधार हँदै गएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले अब मौसममा सुधार हुँदै जाने बताउनुभयो । “मौसम विस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै...


