STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ कार्तिक २६, मंगलबार

    टिपरबाट खस्दा सहचालकको मृत्यु

    पूर्वी चितवनको भण्डारामा टिपरबाट खस्दा सोमबार साँझ सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया गोरुवा गाउँपालिका वडा नं ५ बस्ने २० वर्षीय तीर्थबहादुर थारू रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एकनारायण कोइरालका अनुसार राप्ती नगरपालिका–५ भण्डाराको भित्री सडकमा ना३ख ३७७८ नंको टिपरको ढोकाबाट खस्दा गम्भीर घाइते थारूको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । टिपर र चालक...

  • २०७६ कार्तिक २६, मंगलबार

    सुदूरपश्चिममा भूकम्पको धक्का

    भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो । भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिनुभयो ।

  • २०७६ कार्तिक २६, मंगलबार

    दुर्घटनामा एकको मृत्यु

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नंको टिपर र बा१०च २१५४ नंको बोलेरोले च्यापिँदा अनटेष्ट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मुत्यु हुनेमा...

  • २०७६ कार्तिक २५, सोमबार

    पाँच किलो गाँजा बरामद

    सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट आइतबार पाँच किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको टोलीले सो गाँजा बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरीलाई देखेपछि गाँजा बोकेको तस्कर फरार भएका छन् । बरामद प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय, भारदहमा बुझाइएको छ ।

  • २०७६ कार्तिक २५, सोमबार

    विप्लब सक्रेटरीविरुद्ध टावर आगजनीको आरोप

    प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ माओवादीका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाइएको छ । थोकरलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल बिटिएस् टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको हो । ‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान गर्दैछौँ’,...

  • २०७६ कार्तिक २५, सोमबार

    ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुईको मृत्यु

    महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो । उहाँका अनुसार जलेश्वर नपा–२ बस्ने विनोद मुखियाका छोरा नौ वर्षीय...

  • २०७६ कार्तिक २५, सोमबार

    बसमा आगजनी

    कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि¨ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको...

  • २०७६ कार्तिक २४, आइतबार

    स्कुटर चालकको मृत्यु

    भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् । प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर...

  • २०७६ कार्तिक २४, आइतबार

    दुर्घटनामा एक जनाको मृत्यु

    दुर्घटनामा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित भई चाँगुनारायण–९ ताथली फैढोकामा नालीमा खस्दा चालक ४६ वर्षीय छवि भण्डारीको मृत्यु भएको हो । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । यस्तै नगरकोटबाट ताथलीतर्फ...

  • २०७६ कार्तिक २२, शुक्रबार

    मलेसियामा एक नेपालीको मृत्यु

    सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी मृत्यु भएकोबारे यकिन हुन नसकेको यादवका पारिवारिका...

  • २०७६ कार्तिक २२, शुक्रबार

    ब्राउनसुगरसहित तीन पक्राउ

    प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा सीमा क्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिएको लागुऔषध...

  • २०७६ कार्तिक २२, शुक्रबार

    वडा सदस्य मृत भेट्टिए

    जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिनु भएको छ ।पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको...

Pages