अपराध-दुर्घटना
-
२०७६ मङ्सिर ४, बुधबार
धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता
प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका वडा नं २ ट्वाङखोला बस्ने ४८ वर्षीय रणबहादुर वलीलाई पक्राउ गरेको छ । सोही ठाउँमा हिँड्डुल गरिरहेको अवस्थामा मङ्गलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताउनुभयो । वली विप्लव समूहका...
-
२०७६ मङ्सिर ४, बुधबार
प्रहरीलाई पचास हजार घुस दिन खोज्ने महिला पक्राउ
प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा प्रहरीलाई रु ५० हजार घुस दिन खोज्ने होटलका सञ्चालक ४० वर्षीया सोममाया राईलाई मङ्गलबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा...
-
२०७६ मङ्सिर ३, मंगलबार
गोरु काटेर खाने चार पक्राउ
बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता...
-
२०७६ मङ्सिर ३, मंगलबार
श्रेष्ठ दम्पतीको हत्या गर्ने अझै पत्ता लागेन
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन् । गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो । सो घटनाका बारेमा अनुसन्धान भइरहेको भए पनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । प्रहरीले घटनामा...
-
२०७६ मङ्सिर ३, मंगलबार
बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको बेला गुरुङले बालिकालाई...
-
२०७६ मङ्सिर ३, मंगलबार
आगलागीबाट धनमाल जलेर नष्ट
काठमाडौँ महानगरपालिका–४ चण्डौलस्थित एक घरमा आगलागी हुँदा झण्डै रु छ लाख बराबरको क्षति भएको छ । विद्युत् चुहिएर स्थानीय विमला अधिकारीको घरमा आज बिहान आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घरमा आगलागी हुँदा भाडामा रहेको पान पसल र कपाल काट्ने सैलुनमा समेत क्षति पुगेको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
२०७६ मङ्सिर २, सोमबार
गिटी–बालुवाको कर उठाउने विवादमा खुकुरी प्रहार
झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई झगडा हुँदा युवाको एक समूहले खुकुरी प्रहार गर्दा बुद्धशान्ति–५ का ३५ वर्षीय रामकुमार थारू चौधरी घाइते भएका हुन् । उनको बाँया हातमा चोट लागेको छ । मेचीनगर–९ का ३६ वर्षीय...
-
२०७६ मङ्सिर २, सोमबार
चितुवाको डमरु मृत फेला
जिल्लाको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ । व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा आज बिहान चितुवाको डमरु मृतावस्थामा फेला परेको हो । अन्दाजी २ वर्ष र १० किलो रहेको उक्त चितुवाको डमरुलाई डिभिजन वन कार्यालयको प्राङ्गणभित्र खाडल खनेर पुरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिनुभयो । पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको डमरुको मृत्युको कारणबारे...
-
२०७६ मङ्सिर २, सोमबार
बस दुर्घटनामा १२ घाइते
दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार...
-
२०७६ मङ्सिर १, आइतबार
लडेर पर्यटकको मृत्यु
खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक आरोहण गरी फर्कने क्रममा २०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिनुभयो । शवको कानूनी प्रक्रिया पूरा गरी परीक्षणका लागि सिम्रिक एयरको...
-
२०७६ मङ्सिर १, आइतबार
विप्लवका दुई कार्यकर्ता पक्राउ
प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२...
-
२०७६ मङ्सिर १, आइतबार
स्कुटर दुर्घटनामा युवतीको मृत्यु
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा९८प ७५८२ नंको स्कुटर खाल्टो छलाउने क्रममा आफँै अनियन्त्रित भई शनिबार दुर्घटना हँुदा स्कुटरमा सवार दुवै घाइते भएको र धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा...


