अपराध-दुर्घटना
-
२०७६ मङ्सिर १२, बिहिबार
‘टेष्ट राइड’ पछि मोटरसाइकल गायब
कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ । काठमाडौँमा यसैगरी टेष्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले रु छ लाख ५० हजार पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार...
-
२०७६ मङ्सिर १२, बिहिबार
कर्णालीमा रोकिएन हिंसा
दुई वर्षअघि लेकबेँसी–७ सुर्खेतकी १७ वर्षीया एक किशोरीले अन्तरजातीय बिहे गर्नुभयो । बिहे गरेको चार महिनासम्म दुवैको सम्बन्ध राम्रो थियो । एकअर्काबीच गहिरो माया थियो तर, यो माया लामो समयसम्म टिक्न सकेन । विवाह भएको पाँचौँ महिनाबाट उनीहरुबीचको माया यातनामा परिणत भयो । पतिले किशोरीलाई खर्च बन्द गराइदिनुको साथै राति अबेर घरमा आएर कुट्न थाले । पतिको कुटाइ सहन नसकेपछि ती किशोरी बाध्य भएर न्यायका लागि...
-
२०७६ मङ्सिर ११, बुधबार
चुनावीसभा नजीकै विस्फोट
कास्की क्षेत्र नं– २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज गरेको चुनावी सभास्थल पोखरा प्रदर्शनी केन्द्र नजीकै बम विस्फोट भएको छ । सभास्थलभन्दा झण्डै दुई सय मिटरको दुरीमा ठूलो आवाजसहित विस्फोट भएको र विस्फोटबाट पार्किङ गरेर राखिएका दुईवटा सवारी साधनमा सामान्य क्षति भए पनि अन्य कुनै मानवीय क्षति नभएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक...
-
२०७६ मङ्सिर १०, मंगलबार
लागुऔषध चरेससहित पक्राउ
लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं ६ महतका १६ वर्षीय तिलक पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । चरेस झोलामा लुकाइछिपाई बोकेर हिँडिरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट विशेष...
-
२०७६ मङ्सिर १०, मंगलबार
झोले चिकित्सक’ले उपचार गर्दा दुईको मृत्यु
बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा दुईको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैधरुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो । नरैनापुर गाउँपालिकामा भारतका श्रावस्ती...
-
२०७६ मङ्सिर ९, सोमबार
हस्तकलाका सामग्री चोर्ने पक्राउ
प्रहरीले रु १२ लाख मूल्य बराबरको हस्तकलाका ९काँस तथा पित्तल० सामग्री चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक...
-
२०७६ मङ्सिर ९, सोमबार
वडाध्यक्षको गाडीमा बम विष्फोट
अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं को हाइलक्स गाडीमा आज बिहान २ः०० बजे बम विष्फोट भएको घटनास्थलमा पुग्नु भएका गण्डकी प्रहरी प्रदेश कार्यालयका प्रमुख विनोद शर्मा घिमिरेले जानकारी दिनुभयो । विष्फोटनबाट नजिकैको घरमा समेत प्वाल परेको छ । सो घरमा ११ जना...
-
२०७६ मङ्सिर ९, सोमबार
धुलिखेलबाट नौ लाखसहित जुवाडे पक्राउ
जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई...
-
२०७६ मङ्सिर ८, आइतबार
महाबौद्ध गुम्बाको मूर्ति चोरी
भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ गोप्य दानपेटिका फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिनुभयो । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उहाँले बताउनुभयो । गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उहाँले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताउनुभयो । बिहान ४ः०० बजे गुम्बामा...
-
२०७६ मङ्सिर ८, आइतबार
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बाँकेको कोहलपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ चौराहास्थित सडकमा भे८प ९६७८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अर्जुन खत्रीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार, मृतक २६ वर्षीय खत्री कोहलपुरका...
-
२०७६ मङ्सिर ८, आइतबार
कर्तव्य ज्यान मुद्दामा फरार चार पक्राउ
कर्तव्य ज्यान मुद्दामा फरार रहेका रुकुमपूर्वका चार जना साढे ८ वर्षपछि पक्राउ परेका छन् । उनीहरु चारै जनालाई शुक्रबार भुमे गाउँपालिका–४ को काँडास्थित आफ्नै घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा भुमे गाउँपालिका–४ काँडाका श्रीमान् भनिने ३१ वर्षीय समर्पन बुढा, बने भनिने २९ वर्षका ओमप्रकाश घर्ती, गजित भनिने ३५ वर्षका आकाश बुढा र ३२ वर्षका दीपक घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले...
-
२०७६ मङ्सिर ८, आइतबार
ट्रकको ठक्करबाट एकको मृत्यु
भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा आज बिहान ट्रककोे ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार मुग्लिनबाट हेटौँडातर्फ जान आउँदै गरेको ना६ख १८९६ नंको ट्रकले ती पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारका क्रममा भरतपुर...


