STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ मङ्सिर १, आइतबार

    मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ । नम्बर नभएको अनटेस्ट पल्सर मोटरसाइकल सडकछेउ रोकिराखेको ना३ख १४२४ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल सवार कृष्णपुर नगरपालिका–३ देखतभूलीका २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो । मोटरसाइकल ट्रकमा ठोक्किएपछि सख्त...

  • २०७६ मङ्सिर १, आइतबार

    भीमफेदी कारागारबाट कैदी फरार

    मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । कारागार प्रशासनका अनुसार ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् । कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिनुभयो । यद्यपि पर्खालको केही...

  • २०७६ मङ्सिर १, आइतबार

    चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु

    अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए । कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए ।...

  • २०७६ मङ्सिर १, आइतबार

    आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

    पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ । गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् । लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८...

  • २०७६ कार्तिक ३०, शनिबार

    घरको पर्खालले किचेर एकको मृत्यु

    मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो । घर भत्काउँदै गरेका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए । घाइते मोक्तानलाई हात्तीसुँडे स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी...

  • २०७६ कार्तिक २९, शुक्रबार

    तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

    पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको पाइएको विशाकाकी जेठानी सविता...

  • २०७६ कार्तिक २९, शुक्रबार

    किशोरी भगाएर विवाह गर्ने किशोर पक्राउ

    उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह गरेपछि बालिकाको आफन्तले बालविवाह भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सरोजलाई मङ्गलबार पक्राउ...

  • २०७६ कार्तिक २९, शुक्रबार

    चेक कीर्ते आरोपमा प्रहरी जवान पक्राउ

    जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्रहरी जवान द्विवेदीले बिहीबार महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको राष्ट्रिय बाणिज्य बैंक जलेश्वर शाखामा आफ्नै नामको...

  • २०७६ कार्तिक २९, शुक्रबार

    राजनीतिक आडमा ‘अपराधकर्म’

    सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको इजाजत पत्र लाइसेन्स र नामसारी गरेका छन् । कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि लाइसेन्स लिएर हतियारको प्रयोग गरेका प्रहरीले भेट्टाएको छ । सुरक्षा खतरा भएको भन्दै वर्षौँदेखि इजाजत पत्र लिएर हतियार राख्ने र ठेक्का ‘...

  • २०७६ कार्तिक २८, बिहिबार

    सर्लाहीमा महिलाको विभत्स हत्या

    सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पराल काट्ने फलामको गरास ९धारिलो हतियार० ले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी...

  • २०७६ कार्तिक २८, बिहिबार

    प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्रा

    पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको...

  • २०७६ कार्तिक २८, बिहिबार

    पेस्तोलसहित दुई पक्राउ

    इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् । उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो । बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको...

Pages