STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हस्तकलाका सामग्री चोर्ने पक्राउ

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ९, सोमबार

प्रहरीले रु १२ लाख मूल्य बराबरको हस्तकलाका ९काँस तथा पित्तल० सामग्री चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट सामान चोर्ने काभ्रेपलाञ्चोकका १८ वर्षीय दयाराम गहतराज, २४ वर्षीय रोशन लामा, २३ वर्षीय मानबहादुर विश्वकर्मा र २२ वर्षीय रामलाल तामाङलाई आइतबार राति पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले काठमाडौँ महानगरपालिका–१५ चमतीमा काभ्रेका २९ वर्षीय रमेश रसाइलीले सञ्चालन गरेको कारखानाबाट सामान चोरी गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “चोरी भएका सामग्री वनस्थलीस्थित रोशनको कोठामा लुकाएर राखेको भेटियो”, उहाँले भन्नुभयो । वृत्तले काँसको जस्तो देखिने घण्टी ४४५, काँस र पित्तलजस्तो देखिने नौसिङ्गे दोर्जे १५०, चारसिङ्गे एण्डी ११५ र घण्टीमा जोड्न प्रयोग गरिने विभिन्न पाटपुर्जा ६०५ थान बरामद गरेको छ ।
Categorized in अपराध-दुर्घटना