STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ कार्तिक १५, शुक्रबार

    पूर्वपश्चिम राजमार्गको बौनिया“ सडकखण्ड अवरुद्ध

    बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि कारवाहीको माग गर्दै मृतकका आफन्तले पूर्वपश्चिम राजमार्गको बौनिया“ सडकखण्ड अवरुद्ध पारेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका बौनियामा बिहीबार साँझ बसले ठक्कर दिएका बर्दगोरिया गाउ“पालिका–१ का आठ वर्षीया अंशु चौधरीको भारतको लखनउ र घोडाघोडी नगरपालिका–८ का १२ वर्षीय लक्ष्मण चौधरीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएपछि स्थानीयवसीले राजमार्ग अवरुद्ध पारेका...

  • २०७६ कार्तिक १४, बिहिबार

    ढुङ्गाले हानेर श्रीमतीको हत्या

    धरान–१५ खोरिया बस्तीमा श्रीमान्ले ढुङगाले हानेर गएराति श्रीमतीको हत्या गरेका छन् । धरान–१५ खोरिया बस्तीका अर्जुन राईले गएराति ८ः०० बजेको समयमा श्रीमती बीना राईलाई खोलाको डिलमा लगेर ढुङगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ । धरान–५ पानवारी माइती बस्दै आएकी बीना हिजो मात्रै घर आएकी थिइन् । एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक...

  • २०७६ कार्तिक १४, बिहिबार

    पर्खालमा ठोक्किएर मृत्यु

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । “बढी मात्रामा मादक पदार्थ सेवन गरेकाले पर्खालमा ठोक्किएर निधारमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ”, इलाका प्रहरी...

  • २०७६ कार्तिक १४, बिहिबार

    दुई महिनामा चार गैंडा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन । निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर महानगरपालिका वडा नम्वर २५ को राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा अन्दाजी ४० वर्षको भाले गैंडा मरेको हो । बुढो भएर हिडडुल गर्न र चर्न नसके पछि निगरानीमा राखिएको गैंडा मरेको...

  • २०७६ कार्तिक १४, बिहिबार

    जिप दुर्घटना हुँदा २३ घाइते

    दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ । कच्ची सडकबाट करीब २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो । घाइतेको उद्धारपछि राजमार्ग सामुदायिक अस्पताल,...

  • २०७६ कार्तिक १४, बिहिबार

    स्थानीयबीचको विवादमा गोली चल्दा एकको मृत्यु

    लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्ने विषयमा स्थानीयवासीबीच विवाद भएपछि यहाँ जारी निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले चलाएको गोली लागि कृष्णनगर नगरपालिका– २ का २० वर्षीय सुरजकुमार पाण्डेको आज मत्यु भएको छ । कृष्णनगर बजार क्षेत्रमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजेदेखि लागू हुनेगरी अनिश्चित निषेधाज्ञा जारी गरेको छ । बुधबार भएको उक्त झडप उग्र बनेपछि निषेधाज्ञा आदेश जारी गरेको...

  • २०७६ कार्तिक १४, बिहिबार

    कृष्णनगरमा मृत्यु हुने भारतीय

    कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसंँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले...

  • २०७६ कार्तिक ११, सोमबार

    आगलागी हुँदा एक करोड बीसलाखको क्षति

    गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा रु एक करोड २० लाख बराबरको क्षति भएको छ । रातिको समयमा लक्ष्मी पूजा गरेर मैनबत्ती बालेर कपडा पसलमा छाडेको कारण मैनबत्तीबाट कोठमा आगो सल्केर कपडा पसलमा रहेका सम्पूर्ण कपडा जलेर नष्ट भएको पीडितहरुले बताएका छन् । पीडितहरु खेम...

  • २०७६ कार्तिक १०, आइतबार

    छ जुवाडे पक्राउ

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार ८९५ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका...

  • २०७६ कार्तिक १०, आइतबार

    दुई करोड ६७ लाख नगदसहित २५ जुवाडे पक्राउ

    काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा,...

  • २०७६ कार्तिक ८, शुक्रबार

    लिइएको बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

    नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका विद्यार्थीहरुमाथि कलेज व्यवस्थापले हातपात गरेपछि...

  • २०७६ कार्तिक ८, शुक्रबार

    डोजर काण्ड थप तीन विरुद्ध मुद्दा दर्ता

    सडक निर्माणका क्रममा डोजरले महिला हुत्याएको बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकको घटनामा थप तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत बैतडीबाट बिहीबार सात दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख...

Pages