STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आगलागी हुँदा एक करोड बीसलाखको क्षति

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ११, सोमबार

गएराति ११ बजे लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा रु एक करोड २० लाख बराबरको क्षति भएको छ । रातिको समयमा लक्ष्मी पूजा गरेर मैनबत्ती बालेर कपडा पसलमा छाडेको कारण मैनबत्तीबाट कोठमा आगो सल्केर कपडा पसलमा रहेका सम्पूर्ण कपडा जलेर नष्ट भएको पीडितहरुले बताएका छन् । पीडितहरु खेम नेपाल, मोहनबहादुर कार्की र नारायणबहादुर पाण्डेको उक्त संयुक्त कपडा पसलमा राति नौ बजेतिर लक्ष्मीपूजा गरेर कोठाको एक छेउको लक्ष्मीको तस्बीर छेउमा अगरबत्ती र मैनबत्ती बालेर छाडेको र सोही कारण आगलागी भएको हुनसक्ने पीडीत नारायण पाण्डेले बताउनुभएको छ । यता जिल्ला प्रहरी उदयपुरका अनुसार रात्रिको समयमा पसल सञ्चालकहरुले मैनबत्ती बालेर छाडेर गल्ती गरेकोले आगलागी भएको तर रातिको १ बजेको समयमा प्रहरीको गस्ती टोलीले सो पसलमा आगलागी भएको थाहा पाएपछि प्रहरीको टोलीले तत्कालै घटना स्थानमा आएर बिहानको ३ बजे आगो नियनत्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बूढामगरले बताउनुभयो । उक्त पसलमा रु एक करोड २० लाख बराबरका विभिन्न आइटमका कपडाहरु रहेको र सो सबै जलेर खरानी भएको पाइएको पनि पीडीतहरुले बताएका छन् । तर प्रहरीले भने बढीमा रु ८० लाखसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
Categorized in अपराध-दुर्घटना