STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%B5%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%B0

  • २०७४ फाल्गुण ७, सोमबार

    प्रजातन्त्र, यसप्रतिको आस्था र जनसरोकार

    –शुरबहादुर सिंह ,दिपेन्द्र शर्मा सुर्खेत,  (रासस) बुझाइमा प्रजातन्त्र र लोकतन्त्रमा भिन्नता देखिए पनि सामान्यत त्यसको अर्थमा विविधता छैन । अंग्रेजीमा लोकतन्त्र र प्रजातन्त्र दुबैलाई ‘डेमोक्रेसी’ नै भनिन्छ । तर नेपालीमा प्रजातन्त्रभन्दा लोकतन्त्रलाई परिस्कृत शासन व्यवस्थाका रुपमा लिइने गरिएको छ । राजा र प्रजाको ठूलो संघर्षबाट नेपालमा जहाँनिया राणाशासनको अन्त्य गरी २००७ मा स्थापना गरेको...

  • २०७४ फाल्गुण ७, सोमबार

    मिस एण्ड मिसेज जापान नेपाल सम्पन्न

    जापनमा रहेका विभिन्न नेपालीहरुको प्रतिभाको विकासको लागि र जापानमा रहेका नेपालीहरुको प्रतिभा प्रस्फुटनको उद्देश्यले सिन्जु कर्पोरेसन को आयोजनामा मिस एण्ड मिसेज जापन नेपाल हिजो आइतवार सम्पन्न भएको छ । जसमा सहभागीहरु मध्य फस्ट रहनरअप हुन सफल आकांक्षा नकर्मी रहेका छन भने सेकेन्ड रनरअपको रुपमा प्रियंका कार्की हुन सफल भएकी छिन भने मिस्टर एण्ड मिस जापानको उपाधी अनन्या गुरुङले जित्न सफल भएकी छिन।

  • २०७४ फाल्गुण ७, सोमबार

    इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

    संयुक्त फागुन (रासस÷एएफपी) ः इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताउनुभएको छ । इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ । सो विमान...

  • २०७४ फाल्गुण ७, सोमबार

    जंगली हात्तीले २१ घर भत्काए

    भीमदत्तनगर,  कञ्चनपुरको शुक्लाफाँटा निकुञ्ज परिसरमा अस्थायी टहरा बनाएर आश्रय लिँदै आएका निकुञ्ज शिविरमा आइतबार राति जंगली हात्तीले २१ वटा घर भत्काएको छ । राति आएको हात्तीको बथानले शुक्लाफाँटाको तारापुर क्षेत्रमा शुक्लाफाँटा विस्थापितका घर भत्काएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । हात्तीले घरमा क्षति पु¥याएपछि आज बिहान यहाँस्थित शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर नेतृत्वको...

  • २०७४ फाल्गुण ७, सोमबार

    एकै व्यक्तिलाई चार पटकसम्मको फाँसी सजाय

    लाहोर, पाकिस्तान,  पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो । इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए । शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत...

  • २०७४ फाल्गुण ७, सोमबार

    समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भः प्रम ओली

    काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ । तीनवटै तहको...

  • २०७४ फाल्गुण ७, सोमबार

    नेपाली क्रिकेट टोलीको घोषणा

    काठमाडौँ,  जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण...

  • २०७४ फाल्गुण ७, सोमबार

    क्यानडा प्रजातन्त्र दिवस

    काठमाडौँ,  अठसट्ठिऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा आज एक कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गर्नुभएका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ तुल्याउन...

  • २०७४ फाल्गुण ७, सोमबार

    ‘प्रदेश सरकार समावेशी बन्न सकेन’

    सुर्खेत,  प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् । समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले)ले चार र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्द्रले आफूले पाएको भूमि व्यवस्थापन र कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी विमला...

  • २०७४ फाल्गुण ६, आइतबार

    अध्यक्ष दाहाल संसदीय दलका नेता निर्वाचित

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको संसदीय दलको नेतामा चुनिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी प्रवक्ता पम्फा भुसालले राससलाई जानकारी दिनुभयो । बैठकले वैचारिक पाटालाई एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने र पार्टी एकता तथा सरकारमा हुने सहभागितालाई सँगै लैजाने...

  • २०७४ फाल्गुण ६, आइतबार

    लागुऔषधसहित तीन जना पक्राउ

    राजविराज, ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान...

  • २०७४ फाल्गुण ६, आइतबार

    पाठ्यक्रममा भक्तपुरको पहिचान समेट्न सुझाव

    नगरकोट, शिक्षकहरुले विद्यालयका पाठ्यक्रममा भक्तपुरको पहिचान, इतिहास, स्थानीय सीप र प्रविधि, पर्यटन र स्थानीय खेलका विषयवस्तु समेट्नुपर्ने सुझाव दिनुभएको छ । भक्तपुर नगरपालिकाले यहाँ आयोजना गरेको कार्यशालामा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भक्तपुरको पहिचान, वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले भक्तपुरको इतिहास र वासु माविका प्रअ अम्बिका न्याइच्याइँले स्थानीय सीप र...

Pages