STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० मङ्सिर १८, सोमबार

    टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे । अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’ उनले अदालतले पनि सरकारकै...

  • २०८० मङ्सिर १८, सोमबार

    नेपाल–भारत सीमास्तम्भहरूको मर्मत–सम्भार सुरु

    झापा - सिमानाको बारेमा भारतीयको दादागिरीका कारण बेलाबखत सिमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूले सास्ती व्यहोर्न बाध्य हुँदै आएका छन् । खुला सिमाना रहेको नेपाल–भारतको भूमि सीमा स्तम्भले मात्रै छुट्याउने गर्दछ । तर, त्यहीँ सिमा स्तम्भ पनि समयमा मर्मत सम्भार र संरक्षण गर्न नसक्दा भारतीय पक्षले नेपाल र नेपाली माथि ज्यादती गर्ने गरेका छन् । सिमानाको बारेमा विभिन्न समस्याहरू आएका कारण...

  • २०८० मङ्सिर १८, सोमबार

    विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ - जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३)  ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ  ।...

  • २०८० मङ्सिर १८, सोमबार

    एनसेलको शेयर बिक्री बारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीको विषयमा अध्ययन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।  नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न सोमबार निर्देशन दिइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको हो । ...

  • २०८० मङ्सिर १८, सोमबार

    काठमाडौँ महानगरभित्र दुई बसपार्क

    =काठमाडौँ, १८ मङ्सिर : मुलुकको सङ्घीय राजधानी काठमाडौँको एकमात्र काठमाडौँ महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर...

  • २०८० मङ्सिर १८, सोमबार

    मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

    मनाङ, १८ मङ्सिर स् कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार आठ सय छ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनुभयो । उहाँका अनुसार अक्टोबर महिनाम...

  • २०८० मङ्सिर १७, आइतबार

    विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा कसरी लाग्यो आगो ?

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्ड ब्यागमा आगलागी भएको छ । । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला चिनियाँ नागरिकको ह्याण्ड ब्यागमा आगलागी भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीका अनुसार व्यागभित्र ल्यापटपमा चार्ज गरिराखेको पावर बैँक पड्केर आगो लागेको हो । यात्रुको ह्याण्डक्यारीमा रहेको...

  • २०८० मङ्सिर १७, आइतबार

    अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ वटा युट्युव च्यानललाई कारबाही सिफारिस

    काठमाडौं- प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकृत नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ ।  निराधार, अफवाहपूर्ण, अतिरञ्जित सहितको शीर्षक दिई जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । मिडियाअन्तर्गत आबद्ध नभएका...

  • २०८० मङ्सिर १७, आइतबार

    एनसेलको शेयर बिक्रीमा करछली भएको सांसद सिंहको दाबी

    काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको टेलिकम कम्पनी एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका छन् । काठमाडौंमा आइतबार पत्रकार  सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) छली गरिएको आरोप उनले लगाए ।...

  • २०८० मङ्सिर १७, आइतबार

    सडक बत्तीको महसुल बक्यौता पालिकाबाटै असूलउपर गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं - अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाबाटै असूलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो। सरकारी कार्यालयमध्ये सबैभन्दा बढी विद्युत् महसुल बक्यौता सडक बत्तीको छ। कूल तीन सय...

  • २०८० मङ्सिर १७, आइतबार

    आँचल शर्माको "हिटम्यान” अमेजन प्राइममा आउने

    नेपाली फिल्मलाई  विश्वव्यापी रिलिज गर्ने उद्देश्य सहित  बनाइएको इन्डो नेपाली  फिल्म " हिटम्यान ” को मोशन पोस्टर र टिजर अाइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । यो फिल्म नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुबईमा छायांकन गरिएको छ । आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने यो फिल्मको  प्रदर्शन मिति केही समय पछी सर्वजनिक गरिने कुरा निर्माता तथा निर्देशक बिष्णु अधिकारीले...

  • २०८० मङ्सिर १५, शुक्रबार

    युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु

    काठमाडौं - हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो।  बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो...

Pages