STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आँचल शर्माको "हिटम्यान” अमेजन प्राइममा आउने

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर १७, आइतबार

नेपाली फिल्मलाई  विश्वव्यापी रिलिज गर्ने उद्देश्य सहित  बनाइएको इन्डो नेपाली  फिल्म " हिटम्यान ” को मोशन पोस्टर र टिजर अाइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । यो फिल्म नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुबईमा छायांकन गरिएको छ ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने यो फिल्मको  प्रदर्शन मिति केही समय पछी सर्वजनिक गरिने कुरा निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । सिनेमा नेपालीसंगै हिन्दी, तेलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र  चाईनिज गरी दश भाषामा रिलिज गरिने छ ।

टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन ।

पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । सिनेमाको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए ।

यो सिनेमामा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए । सिनेमाले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाइ छ ।

आँचलले तेलुगू सिनेमा भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् ।

99 सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको सिनेमामा दिपक अधिकरी निर्माता र सन्नी लावती सहनिर्माताको रुपमा रहेका छन् ।

 

Categorized in सिनेमा