STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एनसेलको शेयर बिक्री बारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर १८, सोमबार

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्रीको विषयमा अध्ययन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न सोमबार निर्देशन दिइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको हो । 

सचिवालयले भनेको छ, ‘एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति प्रधानमन्त्री दाहालले गम्भीर चासो व्यक्त गर्नुभएको छ । यस सम्बन्धमा कानुन पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’

एनसेलको शेयर बिक्री बारे संघीय संसद्को सार्वजनिक लेखा समितिले पनि चासो व्यक्त गरेको थियो । 

Categorized in राष्ट्रिय