STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० चैत्र ३, शनिबार

    घट्यो पेट्रोल, डिजेलको मूल्य

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको निगमले जनाएको छ। निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ। इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

  • २०८० चैत्र २, शुक्रबार

    विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको सातौं संस्करण आरम्भ

    विशिष्ट चलचित्रकर्मि नीर शाहले निफ अर्थात् नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भनेको विश्व सामु नेपालको चलचित्र पुर्याउने महोत्सवको रुपमा अग्रपंक्तिमा रहेको उदगार व्यक्त गरेका छन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताएकी छिन् । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा...

  • २०८० चैत्र २, शुक्रबार

    ललितपुरमा ३२ महाविहारका दिपंकर भगवानको भेला गरी सम्यक महादान सम्पन्न

    ललितपुरको नागबहालमा काठमाडौं उपत्यकाका ३२ महाविहार (बहाःबही)का दिपंकर भगवान लगायका देवीदेवतालाई भेला गराइ सम्यक महादान पर्व सम्पन्न गरेको छ । पाँच-पाँच वर्षको अन्तरालमा हुने सम्यक् महादान पर्वको अवसरमा १२५ देवीदेवतालाई एकै स्थानमा भेला गराइएको हो । सम्यक् महादान पर्वको अवसरमा फागुन ३० गते विहीबार राति विशेष रौनक थियो । सो दिन बेलुकी मंगलबजारमा देवीदेवता भेला गरे पश्चात राति १० बजेदेखि १ बजेसम्म...

  • २०८० चैत्र १, बिहिबार

    सुन तस्करीबारे गृहमन्त्रीलाई बुझाइयो प्रतिवेदन

    काठमाडौँ - सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले नेपालखबरलाई जानकारी दिए।  भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको उनले...

  • २०८० चैत्र १, बिहिबार

    चक्रपथ सुधार आयोजनाप्रति बालेन असन्तुष्ट

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन्।  शाहले चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका...

  • २०८० चैत्र १, बिहिबार

    ट्राफिक प्रहरीको यात्रु मैत्री अभियान सुरु

    काठमाडौं- यात्रुहरूको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान, २०८० बुधबारबाट सञ्चालनमा ल्याएको छ। यात्रुबाहक सार्वजनिक सवारीमा भाडादर राखेको छ छैन?, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरूका लागि आरक्षित सिटको पालना भएको छ छैन?, सवारीमा यात्रा गर्दा महिला,...

  • २०८० चैत्र १, बिहिबार

    त्रिभुवन विमानस्थलका ५४ जना प्रहरी हटाउने निर्णय

    काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले लमो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको बताए । एआईजी थापाले भने– ‘उनीहरुको ठाउँमा नयाँ...

  • २०८० चैत्र १, बिहिबार

    १८ वर्षीया सुस्माको शव शिवपुरी जङ्गलमा फेला

    काठमाडौँ - माघदेखि हराइरहेकी १८ वर्षीया सुस्मा लामाको शव शिवपुरी जङ्गलमा गाडेको अवस्थामा फेला परेको छ। स्थानीयले हातदेखेपछि खबर पाएको प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, तारेभीरको लामाको शव फेला पारेको हो। लामा माघ २२ मा कलेज गएपछि फर्किएकी थिइनन्। उनको परिवारले माघ २५ गते उनी हराएकोबारे प्रहरी वृत्त बौद्धमा निवेदन दिएका थिए। उनी बुढानीलकण्ठको सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययनरत थिइन्। उनी...

  • २०८० फाल्गुण ३०, बुधबार

    प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत प्राप्त गरे । मत विभाजन हुँदा कुल २६८ मत खसेकामा  प्रचण्डले  १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै प्रचण्डको  विपक्षमा...

  • २०८० फाल्गुण ३०, बुधबार

    बागमति भाईको सामाजिक सन्देश बोकेको नयाँ म्युजिक भिडियो सार्वजनिक

    बागमति भाईको नामबाट परिचित सुन्दरमान श्रेष्ठ रचित सामाजिक सन्देश बोकेको नेपालभाषाको म्यूजिक भिडियो गीत “लहिना तयागु दुधा.” ( हृदयको भित्रि घाउ )  को प्रिमियर सोमबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रम गरी सम्पन्न गरिएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपालभाषाको गीत “लहिना तयागु दुधाः लिथ्वया वल य.माँ....” म्यूजिक भिडियो निर्माण कार्य नेवाः...

  • २०८० फाल्गुण २९, मंगलबार

    प्रतिपक्षमा बस्दै प्रधानमन्त्रीलाई विश्वासको भोट नदिने नाउपाका सांसदको विज्ञप्ति

    काठमाडौं - नागरिक उन्मक्ति पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै बहुमत सदस्यले विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नगर्ने निर्णय गरेका छन्।  संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका छन्। त्यस्तै सरकारको हकमा वार्ता समितिले...

  • २०८० फाल्गुण २९, मंगलबार

    यस्ता छन् मन्त्रिपरिषद्का दुई बैठकका निर्णय

    फागुन २१ गते नयाँ गठबन्धन बनेयता मन्त्रिपरिषद्का दुईवटा बैठक बसेका छन्। गत फागुन २४ गते र यही सोमबार दुई पटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ वटा निर्णय गरेका छन्। फागुन २४ को बैठकले २ वटा र सोमबार बसेको बैठकले १३ वटा निर्णय गरेको हो।   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वर्षमान पुन नेतृत्वको टोलीलाई आगामी वैशाख २० देखि २३ गतेसम्म जर्जियाको राजधानी तिबिलिसीमा हुने एसियाली विकास...

Pages