STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

%E0%A4%96%E0%A5%87%E0%A4%B2%E0%A4%95%E0%A5%81%E0%A4%A6

  • २०८० चैत्र १, बिहिबार

    त्रिभुवन विमानस्थलका ५४ जना प्रहरी हटाउने निर्णय

    काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले लमो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको बताए । एआईजी थापाले भने– ‘उनीहरुको ठाउँमा नयाँ...

  • २०८० चैत्र १, बिहिबार

    १८ वर्षीया सुस्माको शव शिवपुरी जङ्गलमा फेला

    काठमाडौँ - माघदेखि हराइरहेकी १८ वर्षीया सुस्मा लामाको शव शिवपुरी जङ्गलमा गाडेको अवस्थामा फेला परेको छ। स्थानीयले हातदेखेपछि खबर पाएको प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, तारेभीरको लामाको शव फेला पारेको हो। लामा माघ २२ मा कलेज गएपछि फर्किएकी थिइनन्। उनको परिवारले माघ २५ गते उनी हराएकोबारे प्रहरी वृत्त बौद्धमा निवेदन दिएका थिए। उनी बुढानीलकण्ठको सामुदायिक विद्यालयमा कक्षा १२ अध्ययनरत थिइन्। उनी...

  • २०८० फाल्गुण ३०, बुधबार

    प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट फेरि विश्वासको मत पाएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा उनले बहुमत सांसदको मत प्राप्त गरे । मत विभाजन हुँदा कुल २६८ मत खसेकामा  प्रचण्डले  १५७ अर्थात बहुमत प्राप्त गरेको भन्दै सभामुखले विश्वासको मत प्राप्त भएको घोषणा गरे । यस्तै प्रचण्डको  विपक्षमा...

  • २०८० फाल्गुण ३०, बुधबार

    बागमति भाईको सामाजिक सन्देश बोकेको नयाँ म्युजिक भिडियो सार्वजनिक

    बागमति भाईको नामबाट परिचित सुन्दरमान श्रेष्ठ रचित सामाजिक सन्देश बोकेको नेपालभाषाको म्यूजिक भिडियो गीत “लहिना तयागु दुधा.” ( हृदयको भित्रि घाउ )  को प्रिमियर सोमबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रम गरी सम्पन्न गरिएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपालभाषाको गीत “लहिना तयागु दुधाः लिथ्वया वल य.माँ....” म्यूजिक भिडियो निर्माण कार्य नेवाः...

  • २०८० फाल्गुण २९, मंगलबार

    प्रतिपक्षमा बस्दै प्रधानमन्त्रीलाई विश्वासको भोट नदिने नाउपाका सांसदको विज्ञप्ति

    काठमाडौं - नागरिक उन्मक्ति पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत दिन निर्देशन दिएलगत्तै बहुमत सदस्यले विज्ञप्ति जारी गर्दै सरकारलाई समर्थन नगर्ने निर्णय गरेका छन्।  संस्थापक सदस्य दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै केन्द्र सरकारको नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र प्रतिपक्षमा बस्ने निर्णय भएको जानकारी दिएका छन्। त्यस्तै सरकारको हकमा वार्ता समितिले...

  • २०८० फाल्गुण २९, मंगलबार

    यस्ता छन् मन्त्रिपरिषद्का दुई बैठकका निर्णय

    फागुन २१ गते नयाँ गठबन्धन बनेयता मन्त्रिपरिषद्का दुईवटा बैठक बसेका छन्। गत फागुन २४ गते र यही सोमबार दुई पटक बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १५ वटा निर्णय गरेका छन्। फागुन २४ को बैठकले २ वटा र सोमबार बसेको बैठकले १३ वटा निर्णय गरेको हो।   सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री वर्षमान पुन नेतृत्वको टोलीलाई आगामी वैशाख २० देखि २३ गतेसम्म जर्जियाको राजधानी तिबिलिसीमा हुने एसियाली विकास...

  • २०८० फाल्गुण २९, मंगलबार

    लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

    काठमाडौं - ललितपुर पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुनमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यस सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन,...

  • २०८० फाल्गुण २९, मंगलबार

    राष्ट्रिय सभा अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित

    काठमाडौँ - राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन् । दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्रसहित, एमाले, जसपा र एकीकृत समाजवादीको समर्थन रहेको थियो । सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा...

  • २०८० फाल्गुण २९, मंगलबार

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमाले, रास्वपा, जसपा र नाउपाले साथ दिने

    काठमाडौं - बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। यसको लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेलगायत, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिने भएका छन् । नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई...

  • २०८० फाल्गुण २९, मंगलबार

    तेस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं- बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्रीले फागुन ३० मा विश्वासको मत लिन लागेका हुन्। नयाँ सत्ता समीकरणमा ५ दल सहभागि छन्। नयाँ गठबन्धनमा आबद्ध नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१, जनता समाजवादी पार्टी (जसपा)का १२ र नेकपा एकीकृत समाजवादीका १०...

  • २०८० फाल्गुण २९, मंगलबार

    सरकारलाई सफल बनाउन पाँच दलबीच सहमति

    सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकले उक्त सहमति गर्दै राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकले...

  • २०८० फाल्गुण २९, मंगलबार

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज

    काठमाडौं - राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ । निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उमेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका छन् ।   यसैबीच, राष्ट्रियसभामा पहिलो...

Pages