STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बागमति भाईको सामाजिक सन्देश बोकेको नयाँ म्युजिक भिडियो सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८० फाल्गुण ३०, बुधबार

बागमति भाईको नामबाट परिचित सुन्दरमान श्रेष्ठ रचित सामाजिक सन्देश बोकेको नेपालभाषाको म्यूजिक भिडियो गीत “लहिना तयागु दुधा.” ( हृदयको भित्रि घाउ )  को प्रिमियर सोमबार काठमाडौंस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रम गरी सम्पन्न गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको नगर कीर्तिपुरको जोशीननी हेरिटेज होम्समा नेपालभाषाको गीत “लहिना तयागु दुधाः लिथ्वया वल य.माँ....” म्यूजिक भिडियो निर्माण कार्य नेवाः साधना कला केन्द्रको व्यानरमा भएको हो ।

नव गायिका नानी शोभा महर्जनको स्वर रहेको उक्त गीतमा संगीत, एरेन्ज रेकर्ड, मिसिङ र मास्टरिङ बरिष्ठ संगीतज्ञ दिप तुलाधरको रहेको छ । म्युजिक भिडियो  कलाकारहरुमा गायिका सरस्वती मानन्धर, अभिनेता सुरेन्द्र श्रेष्ठ, नायिका मिरा डंगोल, राजेश श्रेष्ठ, गायिका सुद्धलक्ष्मी श्रेष्ठ, गायक ताराराम मुनकर्मि बालकलाकार सुजी नेपालीको प्रमुख भूमिका रहेको छ भने सहभूमिकामा प्रेम कार्की र शोभा कार्कीको अभिनय रहेको छ । 

प्रविधिक तर्फ श्रृंगारमा मिरा डंगोल, क्यामेरा, सम्पादन र कलरिङ राजेश शाक्यको रहेको छ भने यसको निर्देशन नेपालभाषा क्षेत्रका वरिष्ठ लेखक तथा निर्देशक पवन जोशीले गरेका हुन् । 

म्युजिक भिडियो सार्वजनिक कार्यक्रम नेवा साधना कला केन्द्रको अध्यक्ष तथा गीतका रचनाकार र सहनिर्देशक सुन्दरमान श्रेष्ठ –बागमति भाईको सभापतित्वमा भएको थियो ।  प्रमुख अतिथि वरिष्ठ संगीतकार धन बहादुर गोपाली विशिष्ट अतिथीहरुमा वरिष्ठ पत्रकार एवं नेपालभाषाको पहिलो म्युजिक भिडियो निर्देेशक विजयरत्न असंबरे , गायिका एवं समाजसेवी सरिता महर्जन , काठमाडौं वडा नं १८ का वडाध्यक्ष न्हुछेंकाजी महर्जन र साहित्यसेवी एवं नेवाः साधना कला केन्द्रको सल्लाहकार पौभा सायमि रहेका थिए । 

कार्यक्रममा प्रमूख अतिथी गोपालीले नेपाली समाजमा देखिने गरेको मद्यपानका कारण परिवारमा आउने विपतिको बारेमा कलात्मक रुपमा प्रस्तुत गीतले समाजमा सकारात्मक सन्देश  पुग्ने विचार व्यक्त गरे । त्यस्तै कार्यक्रममा कलाकेन्द्रका सल्लाहकार पौभा साय्मिको बिशेष आतिथ्यताको मन्तव्यको क्रममा राज्यले नेपाल भाषा र नेपाल संवत्लाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिइसकेको हुँदा अब जनस्तरबाट र नेपालभाषाका कार्यक्रममा कसैले बुझे पनि नबुझे पनि आफ्नै भाषाको प्रयोग गर्न र तिथी मितिको रुपमा नेपाल संवत्को प्रयोग व्यापक बनाउनु पर्ने धारणा पनि व्यक्त गरे । 

नेवाः साधना कला केन्द्रको तर्फबाट मिनर्वा श्रेष्ठले स्वागत मन्तव्य राखेको यस कार्यक्रममा प्रिमियर भएको गीतको पत्रकार विजयरत्न असंबरेले समीक्षा गरेका थिए भने काठमाडौं महानगरपालिकाको वडा नं. १८का वडाअध्यक्ष न्हुछेंकाजी महर्जनले नेपालभाषाको विकासमा योगदान दिनुहुने गीतकार तथा संगीतकारहरुको प्रवद्र्धनमा वडाले निकट भविष्यमा महोत्सव गर्ने तयारीमा रहेको जानकारी दिए ।

 कार्यक्रममा शान्ति खलःका संस्थापक सदस्य तथा समाजसेवी कुष्णबहादुर साहु श्रेष्ठ , गायिका नानी शोभा महर्जन र सल्लाहकार पौभा सायमिलाई  सम्मान गरिएको थियो ।

Categorized in साहित्य-कला