STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

त्रिभुवन विमानस्थलका ५४ जना प्रहरी हटाउने निर्णय

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १, बिहिबार

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले लमो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको बताए । एआईजी थापाले भने– ‘उनीहरुको ठाउँमा नयाँ टिम परिचालन गरिएको छ ।’

जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । स्क्रिनिङमा खटिएका ५० भन्दा बढिलाई हटाउने तयारी भइरहेको छ । विमानस्थल प्रशासनसँग समन्वय गरेर नयाँ टोलीलाई स्क्रिनिङ तालिम गराउन थालिएको एआईजी थापाले बताए ।

Categorized in राष्ट्रिय