STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घट्यो पेट्रोल, डिजेलको मूल्य

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र ३, शनिबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको निगमले जनाएको छ।

निगमले जारी गरेको सूचनाअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

Categorized in बिजनेस