STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८२ माघ २६, सोमबार

    भारतीय क्रिकेटर र आइपिएल टिमहरूले गरे नेपाली खेलाडीको प्रशंसा

    टी-२० विश्वकपमा इंग्यान्डसँग ५ रनले पराजित भए पनि नेपालले विश्वभरिबाटै प्रशंसा पाइरहेको छ। आइतबार मुम्बईको वांखडे स्टेडियममा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले विश्वभरका चर्चित क्रिकेट खेलाडीदेखि टिमहरू समेतले प्रशंसा गरेका हुन्। दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलरले त नेपाललाई सहयोग गर्न आफू कुनै पनि बेला तयार रहेको भन्दै ट्विट गरेका छन्। उनले लेखेका छन्, 'नेपाल, कुनै पनि बेला...

  • २०८२ माघ २६, सोमबार

    जित नजिक पुगेर पनि नेपालले गुमायो इंग्ल्यान्डविरूद्धको खेल

    आइसिसी टी-२० विश्वकप २०२६ मा जित नजिक पुगेर पनि नेपालले इंग्ल्यान्डविरूद्धको खेल गुमाएको छ। समूह 'सी' को आफ्नो पहिलो खेलमा भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले इंग्ल्यान्डविरूद्ध ४ रनले खेल गुमाएको हो। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा १० रन चाहिदा ५ रन मात्र जोड्न सक्यो भने कुनै बाउन्ड्री प्रहार गर्न सकेन। ...

  • २०८२ माघ २५, आइतबार

    नेपालभाषाका लघुकथा लेखकहरुले मनाए साताैं वार्षिकोत्सब

    सामाजिक सञ्जाल फेसबुकमार्फत सक्रिय  नेपालभाषा साहित्यिक अभियान चिबाखं साहित्यको सातौँ वर्षप्रवेशको अवसरमा पाटन संग्रहालय अवलोकन कार्यक्रमसँगै ‘ख्वाःपौ’ (मुख पत्र) सार्वजनिक गरिएको छ। यस संस्थाका सदस्यहरूमा साहित्यकारहरु  ध्रुव मधिकर्मी, केदार सितु, नरेश अमात्य, विमल ताम्राकार, सुरेन्द्रलाल भुजू, रिता महर्जन र दिव्या बज्राचार्यले संयुक्त रूपमा उक्त  मुखपत्र   सार्वजनिक गर्नुभएको हो। मुख पत्रमा...

  • २०८२ माघ २४, शनिबार

    त्रिमूर्ति निकेतनकाे उन्नाइसौँ स्थापना दिवस सम्पन्न

    प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनदेखि विश्व नारी नेपाली साहित्य सम्मेलनसम्म गरेर उल्लेखनीय योगदान गरेको त्रिमूर्ति निकेतनले हालै आफ्नो  उन्नाइसौँ स्थापना  दिवसको आयोजना गरेको छ ।   साे अवसरमा नेपाली साहित्य नारी रत्न श्रीमती माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको विषयमा उहाँले चर्चा गर्नुभयो । उन्नाइसौँ त्रिमूर्ति दिवस समारोहका...

  • २०८२ माघ २४, शनिबार

    रहेनन् कलाकार सुनिल थापा

    काठमाडौं– नेपाली कलाकारिता क्षेत्रका दिग्गज कलाकार सुनिल थापाको असामयिक निधन भएको खबर प्राप्त भएको छ ।  नेपाली दर्शकमाझ ‘राते काइँला’ उपनामले लोकप्रिय कलाकार थापाको माघ २४ गते शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।

  • २०८२ माघ २४, शनिबार

    दक्षीण एशियाका पत्रकारहरु साउथ एशियन हिरो एवार्ड–२०२६ बाट सम्मानित

    नयाँ दिल्ली। श्रीलंकामा स्थापना भएको सार्क फाउन्डेशनले लोकतन्त्र, मानवअधिकार र प्रेस तथा  अभिव्यक्ति स्वतन्त्रतामा योगदान पुराएका नेपाल, भारत, बंगलादेस र श्रीलंकाका विभिन्न व्यक्तिहरुलाई साउथ एशियन हिरो एवार्ड– २०२६ बाट सम्मान गरेको छ । भारतको नयाँदिल्ली स्थित होटल क्राउन प्लाजामा शुक्रबार साँझ आयोजित विषेश क्रार्यक्रमका बिचमा उनीहरुलाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेहरुमा सार्क पत्रकार...

  • २०८२ माघ २३, शुक्रबार

    बैतडी बस दुर्घटनाः मृतकको सङ्ख्या १३ पुग्यो

    बैतडी, जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।  बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट  बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय...

  • २०८२ माघ २३, शुक्रबार

    भजन तथा शङ्खध्वनि प्रतियोगिताको तयारी अन्तिम चरणमा

    नारायणगढ , २३ माघः नेपाली संस्कृति, धर्म र लोकभजनको संरक्षण तथा जगेर्ना गर्दै भावि पुस्तालाई यसबारे अवगत गराउने उद्देश्यले शनिबार आयोजना हुन लागेको ‘ऐतिहासिक भजन तथा शङ्खध्वनि वादक प्रतियोगिता–२०८२’ को तयारी पूरा भएको छ ।युवापुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक संस्कार र सांस्कृतिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित चितवनको रत्ननगर नगरपालिका–१५, माधवपुरस्थित खेल मैदानमा कार्यक्रम...

  • २०८२ माघ २३, शुक्रबार

    खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा

    काठमाडौँ, नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ ।काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीचको छलफलमा यस्तो प्रक्रिया अघि बढाइएको समितिका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो ।“हरेक शुभकार्यसँग...

  • २०८२ माघ २३, शुक्रबार

    कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए

    गण्डकी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय नजिकिएसँगै कास्कीका ७७ जना निजी प्रयोजनका लागि राखिएका इजाजत प्राप्त हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन् । यही माघ २० गतेभित्र इजाजत प्राप्त हातहतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा उक्त सङ्ख्यामा हातहतियार प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । स्थानीय प्रशासनले निर्वाचनलाई...

  • २०८२ माघ २३, शुक्रबार

    चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन सुझाव

    काठमाडौँ, जेरियाट्रिक सोसाइटी अफ नेपालले राजनीतिक दल र स्वतन्त्र उम्मदेवारलाई आफ्ना चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकका अधिकारलाई प्राथमिकता दिन आह्वान गरेको छ । सोसाइटीले विज्ञप्ति जारी गरी चुनावी घोषणापत्रमा ज्येष्ठ नागरिकसँग सम्बन्धित स्वास्थ्य, सामाजिक अधिकार, संरक्षण र सशक्तीकरणसम्बन्धी १४ वटा विषय अनिवार्य रूपमा समावेश गर्न माग गरेको हो ।  जनगणना, २०७८ अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकको...

  • २०८२ माघ २३, शुक्रबार

    स्तरोन्नति गर्ने चलचित्रघरलाई बिकास बाेर्डले अनुदान दिने

    देशभरका  सिँगल थियटर सहितका चलचित्रघरको स्तरोन्नति, पुनः सञ्चालन र दर्शक अभिवृद्धिका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। स्वदेशी चलचित्रको प्रवर्द्धन र बजार विस्तारलाई लक्षित गर्दै बोर्डले सशर्त अनुदान सहयोगका लागि सूचना सार्वजनिक गरेको हो। मिति २०८२/१०/२३ मा प्रकाशित सूचनाअनुसार तोकिएका कागजातसहित बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी ७ (सात) दिनभित्र चलचित्र विकास बोर्डको...

Pages