त्रिमूर्ति निकेतनकाे उन्नाइसौँ स्थापना दिवस सम्पन्न
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ २४, शनिबार
प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनदेखि विश्व नारी नेपाली साहित्य सम्मेलनसम्म गरेर उल्लेखनीय योगदान गरेको त्रिमूर्ति निकेतनले हालै आफ्नो उन्नाइसौँ स्थापना दिवसको आयोजना गरेको छ । साे अवसरमा नेपाली साहित्य नारी रत्न श्रीमती माया ठकुरीले त्रिमूर्ति निकेतनबाट नेपाली साहित्यको श्रीवृद्धिका लागि अपरिमेय योगदान भएको विषयमा उहाँले चर्चा गर्नुभयो ।
उन्नाइसौँ त्रिमूर्ति दिवस समारोहका प्रमुख अतिथि श्रीमती ठकुरीले भन्नुभयो— त्रिमूर्ति निकेतनकै साथमा नइ एकेडेमीले आगामी चैत २७,२८ र २९ गते ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ गर्ने भएको छ ।
समारोहमा गेपाल पराजुलीले कविता वाचन गर्नुभएको थियो ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा नेपाली साहित्य विकास परिषद् वेलायतका संस्थापक अध्यक्ष सुरेशजङ्ग शाह, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा.केशव सुवेदी तथा बालकृष्ण सम फाउन्डेसनका संयोजक नाट्यभूषण मदनदास श्रेष्ठ, त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले नेपाली साहित्यमा त्रिमूर्तिको योगदानबारे आआफ्नो मन्तव्य प्रकट गर्नु भएको थियोे ।
Categorized in साहित्य-कला

