साहित्य-कला
-
२०८१ फाल्गुण ११, आइतबार
नेपाल भाषाका साहित्यकार सम्मानित
काठमाडौँ, काठमाडौँ महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गर्नुभएका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनुहुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार...
-
२०८१ फाल्गुण ८, बिहिबार
मिसेस भोग नेपाल–२०२५ को उपाधि सुमी मल्ललाई
हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् । प्रतियोगितामा रुथ सिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् । ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु...
-
२०८१ फाल्गुण ८, बिहिबार
स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण
मिलाप मासिकको आयोजनामा स्रष्टा डा. विलोल पोखरेलको कवितासंग्रह ‘विलोल शब्द वल्लरी’ र तीन गीतका भिडियो लोकार्पण गरिएको छ । बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उक्त कृतिहरूको लोकार्पण गरिएको हो । स्रष्टा विलोलकी माताश्री धरणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा बरिष्ठ कलाकार कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ कलाकार लय संग्रौला, अन्तर्राष्ट्रिय नेपाली...
-
२०८१ फाल्गुण ५, सोमबार
प्रलिशा शाक्यले बनिन् ‘मिस नेवाः ११४५’
नेप्लीज फेसन होमले आयोजना गरेको ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले जितेकी छिन् । कमलादीस्थित प्रभा भवनमा आयोजित एउटा भव्य समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धिहरुलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउनसहित यो उपाधि जितेकी हुन् । ‘मिस नेवाः ११४५’ को उपाधिसहित प्रलिशाले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरु प्राप्त गरिन् । नाथम कलेजबाट पर्यटन...
-
२०८१ फाल्गुण ४, आइतबार
एपिक नेपाल म्युजिक अवार्ड चैत २ गते हुने
यस वर्षको पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड मध्यपुरथिमि नगरपालिकास्थित ऐतिहासिक सम्पदास्थल निगु पुखु दुई पोखरीमा चैत २ गते आयोजना हुने भएको छ । एपिक नेपाल म्युजिक प्रालिले शनिबार मध्यपुरथिमिको शंखधर पार्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा अवार्ड वितरणबारे जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले विभिन्न ३२ विधामा यस वर्ष अवार्ड वितरण गरिने बताए । उनले यस वर्षको...
-
२०८१ माघ ३०, बुधबार
साहित्यिक प्रकाशन "बाखँ दबू" को नयाँ अङ्क सार्वजनिक
नेपालभाषाका कथा विधालाई समेट्ने उद्देश्य ले स्थापित साहित्यिक जमात बाखँ दबू ले निरन्तर रूपमा प्रकाशित गर्दै आइरहेकाे कथा विषयक साहित्यिक प्रकाशन "बाखँ दबू" काे १२ औँ अङ्क साेमबार भक्तपुरमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिकाे आफ्नै भवनकाे प्राङ्गणमा एक समाराेहका बीच सार्वजनिकीकरण गरियाे । उक्त दबूका संस्थापक सदस्य लाेचन तारा तुलाधरकाे सभाध्यक्षता एवम् वरिष्ठ साहित्यकार सुवर्ण केशरी...
-
२०८१ माघ २९, मंगलबार
म्युजिक भिडियो निर्देशक समाजको साधरण सभा एवं वनभोज सम्पन्न
नेपाल म्युजिक भिडियो निर्देशक समाजको तेस्रो वार्षिक साधारण सभा एवं वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ । शनिबार टोखा नगरपालिका स्थित भुतखेल सामुदायिक बनमा साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको हो । समाजकी अध्यक्ष बबिता श्रेष्ठ मलेकुले साधारण सभाको अध्यक्षता गरेकी थिइन् भने समाजकै प्रथम उपाध्यक्ष डि.आर सुजनको संयोजकत्वमा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो । रिलिजको संघारमा रहेका...
-
२०८१ माघ २७, आइतबार
मिस नेवाःका प्रतिस्पर्धीहरुको प्रतिभा प्रदर्शन
नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको मिस नेवाः सौन्दर्य तथा प्रतिभा प्रदर्शन को प्रतिस्पर्धाको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् । एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा सहभागी प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नेपालभाषाका लोकप्रिय...
-
२०८१ माघ २७, आइतबार
स्रस्टालाई पुरस्कृत गर्दै त्रिमूर्ति दिवस सम्पन्न
नेपालको साहित्य वाङमय क्षेत्रमा सकृय त्रिमूर्ति निकेतनले अठारौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२३ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा चार जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका २०८० सालका पुरस्कार र सम्मान प्रदान गरियो । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा....
-
२०८१ माघ २२, मंगलबार
भारतका सुविख्यात गायक जुबिन नौटियालको लाईभ कन्सर्ट हुने
भारतका सुविख्यात गायक जुबिन नौटियालको लाईभ सांगितिक कन्सर्टको एन अटिजम केयर फाउण्डेशनले आयोजना गर्ने भएको छ। कन्सर्ट आगामी फागुन १७ गते राजधानीको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुनेछ। कन्सर्टमा नेपालका लोकप्रिय गायक कुमा सागर र जोन चम्लिङ राईको समेत दमदार प्रस्तुति रहने बताइएको छ। काठमाडौंमा पहिलो अटिजम विद्यालय स्थापनाका लागि आर्थिक स्रोत संकलन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको...
-
२०८१ माघ २१, सोमबार
प्रशान्त, प्रियंका र आयुष्मानद्वारा ‘सफायर एस्थेटिक’ उद्घाटन सम्पन्न
ललितपुरको युएन पार्कनजिकै ' उज्वल छालाको लागि तपाईंँको गन्तव्य’ भन्ने नाराका साथ सफायर एस्थेटिक केन्द्र सञ्चालनमा ल्याएको छ । नेपालका लोकप्रिय कलाकार प्रशान्त ताम्राकार, अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीले सफायर एस्थेटिकको उद्घाटन एक समारोहका बीच रिबन काट्दै उद्घाटन गरेका छन् । सफायर एस्थेटिकमा छाला उपचार, लेजर उपचार, वडी कन्टोरिङ र फ्याट रिडक्सन, पिआरपी थेरापी,...
-
२०८१ माघ २०, आइतबार
पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिने
नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ प्रदान वरिने भएको छ । वानीरा फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए अनुसार सो संस्थाले यस वर्ष चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत शशि...


