STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

साहित्य-कला

  • २०७९ आषाढ २६, आइतबार

    नइ प्रकाशनको पुरस्कार समारोहमा तीन सय जना भन्दा बढी सहभागी हुने

    नइ प्रकाशनले २०७८ सालका पुरस्कार र 'नइ रजत महोत्सव पदक' आगामी साउन ७ गते राजधमाी काठमाडाैँमा’ समर्पण गर्ने निर्णय गरेको छ । साथै गत वर्ष  पुरस्कार ग्रहण गर्न छुट्नुभएका महानुभावहरुलाई पनि साेही दिन  पुरस्कार प्रदान गरिने भएको छ । पर्याप्त ठाउँको अभावका कारण उक्त दिन सम्मानित महानुभावहरुलाई मात्र ठेगाना, स्थान र समयको जानकारी गराइएको छ । साे दिन सम्मानित हुने देशदेशान्तरका तीन सय जनाभन्दा धेरै...

  • २०७९ आषाढ २४, शुक्रबार

    कीर्तिपुरमा सनस्टार क्लबद्वारा युवापुस्ता लक्षित धिमे बाजा प्रशिक्षण अभियान शुभारम्भ

    कीर्तिपुर नपा १० वडा कार्यालय, तःननी दाफा खलः र सनस्टार क्लबको संयुक्त आयोजनामा धिमे बाजा प्रशिक्षण शुभारम्भ युवापुस्तालाई लक्षिण गरी तथा धिमे बाजा संरक्षण गर्ने उद्देश्य अनुरुप कीर्तिपुर नगरपालिका १० वडामा अवस्थित तःननी टोल, चिथु विहार टोल र भरियांपुखुसि टोलको युवा समुदायहरु समेटी धिमे बाजा प्रशिक्षण कार्यक्रम ने.सं. ११४२ दिल्लाथ्व अस्तमि ( २०७९ असार २३ गते) बिहिवारदेखि संचालन गरेको छ ।...

  • २०७९ आषाढ ८, बुधबार

    विभिन्न व्यक्तित्वहरुलाई 'नइ रजत महोत्सव पदक'

    नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका विभिन्न महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले आगामी साउन ७ गते राजधानी काठमाडौँमा ‘नइ रजत महोत्सव पदक’ समर्पण गरिने निर्णय भएको हो । नइ प्रकाशनले नइ रजत महोत्सव (२०५२—२०७७) एक वर्षसम्म मनाएको...

  • २०७९ आषाढ ८, बुधबार

    जनप्रतिनिधिलाई सम्मान गर्दै क्रोधकला शिरोमणिको डकुमेण्ट्री सार्वजनिक

    क्रोधकला शिरोमणिका रुपमा नेपालको हस्तकला र ललितकला जगतमा सुविख्यात प्राज्ञ  कालु कमालेको जीवनीमा आधारित डकुमेण्ट्री एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । सो डकुमेण्ट्रीका साथै सो कार्यक्रममा उहाँको अौपचारिक वेबपेज पनि सार्वजनिक गरिएको थियो । प्राज्ञ  कालु कमालेको निवासमा आयोजित सो कार्यक्रममा ललितपुर महानगरपालिका  निर्वाचित भएका मेयर र उपमेयर लगायतका जनप्रतिनिधिहरुलाई  क्रोधकला शिरोमणि कालु कमाले...

  • २०७९ आषाढ ५, आइतबार

    पत्रिका चितवनको वार्षिकोत्सव राजधानीमा

    चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाको ११ वार्षिकोत्सव काठमाडौंमा एक कार्यक्रमको आयोजनागरी  मनाइएको छ । युवा पुस्तामा  लोकप्रिय मानिने अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विशेष उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ले मोफसलमा रहेर विभिन्न चुनौतीबीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको प्रशंसा गर्नुभयो ।...

  • २०७९ आषाढ ४, शनिबार

    प्रियंका रानी जोशी भइन् ‘मिस नेपाल वर्ल्ड २०२२’

    काठमाडौं - प्रियंका रानी जोशीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि जितेकी छन् । द हिडन ट्रिजरद्वारा ललितपुरको गोदावरीमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् । त्यस्तै 'मिस नेपाल इन्टरनेशनल' न्यान्सी खड्का र 'मिस नेपाल अर्थ' सरिसा श्रेष्ठ बनेकी छन् । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

  • २०७९ जेठ २८, शनिबार

    नेवार इतिहास, संस्कृति र साहित्यका पाँच पुस्तक एकैसाथ प्रकाशन

    काठमाडौं – अष्टगणेश पब्लिकेशनको आयोजनामा नेवार इतिहास, संस्कृति एवं नेपालभाषाको साहित्य समेटिएका विविध विषयका पाँचवटा पुस्तकहरु शनिबार एक कार्यक्रमबीच विमोचन गरिएका छन् । वाङमय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा भएको एक कार्यक्रममा जोशीले पाँचवटै पुस्तकको विमोचन गर्नुभएको थियो । कार्यक्रम सत्यमोहन जोशीकै निवास एवं लोक साहित्य परिषदको नवनिर्मित भवन परिसरमा भएको थियो ।...

  • २०७९ जेठ २८, शनिबार

    वासु शशीका उत्कृष्ट कविताको कृति प्रकाशित

    अमर साहित्यकार कवि वासु शशीका उल्लेखनीय कविताहरुको कृति 'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ'  शुक्रबार सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा श्रीमती जुलुम बैद्य, यादव खरेल, कालीप्रसाद रिजाल, गणेश रसिक, मोमिला जोशी र राजकुमार बानियाँले वासु शशीको कवितासङ्ग्रह ’पर्खाल लगाएपछि धेरै थोक बाहिर हुन्छ’ को सामुहिक रूपमा लोकार्पण गर्नुभयो । वासु शशी स्मृति परिषदद्वारा काठमाडौंमा...

  • २०७९ जेठ २१, शनिबार

    त्रिमूर्ति दिवसमा विभिन्न पुरस्कार र पदक प्रदान

    साहित्यिक क्षेत्रमा सकृय संस्था त्रिमूर्ति निकेतनद्वारा आफ्नो स्थापनाको २१अौं वार्षिकोत्सव को अवसरमा विविध विधाका पुरस्कार र पदक प्रदान गरेको छ । प्रमुख अतिथी महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले आज राजधानीमा   त्रिमुर्ति निकेतन परिसरमा आयोजित एक कार्यक्रम बीच विभिन्न महानुभावलाई पुरस्कार र पदक प्रदान गर्नु भएको हो । प्रमुख अतिथी प्रा.डा.त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको...

  • २०७९ जेठ १५, आइतबार

    कुतः राजदास साहित्य पुरस्कार वितरणका साथै सात पुस्तक एकैचोटी प्रकाशित

    भक्तपुरमा  चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका सात वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । यसरी विमोचन भएका पुस्तकहरुमा समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाको न्हायकं, जिज्ञासा र म्हमस्यूम्ह मनू, आख्यानकार मथुरा साय्मिको महाअभियान, कथाकार पशुपतिमान पःमांको नेवाः वाउँभतु र मलखं कःगु छेँ तथा पूर्ण ताम्राकारको कवि सुन्दर मधिकर्मी नामक पुस्तक...

  • २०७९ जेठ १४, शनिबार

    कविकेशरी चित्तधर हृदयको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम

    नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११६ औँ जन्मजयन्तीका सन्दर्भमा ‘कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्व’ विषयक विचार-गोष्ठीको आयोजना गरिएको छ । गोष्ठी प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको थियो ।वि.संं. १९६२ साल जेठ ५ गते काठमाडौँको रक्तकालीमा जन्मिनुभएका कविकेशरी चित्तधर हृदयका नेपालभाषामा ३३ ओटा पुस्तक...

  • २०७९ जेठ १४, शनिबार

    निर्देशक समाजद्वारा लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान

    चलचित्र निर्देशक समाजले आफ्नो संस्थाको १४ अौं वार्षिक साधारण सभाको अवसरमा नेपाली चलचित्र जगतका अग्रज लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा चलचित्र निर्देशक समाजले लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान द्वारा सम्मानित गर्नुकासाथै  आधा दर्जन चलचित्र निर्देशकलाई विशिष्ट सर्जक सम्मान द्वारा सम्मानित गरेको...

Pages