काठमाडौंमा सोनु निगमको कन्सर्ट
Janjati Khabar – Janjati Khabar | २०८१ पौष ११, बिहिबार
बौद्धस्थित होटल हायात रिजेन्सी मैदान भरिभराउ थियो। स्टेजमा प्रिय गायकको प्रस्तुति हेर्न दर्शकहरू आतुर थिए।
त्यसैबीच नेपाली गीत ‘उकाली ओराली गर्दै’ गाउदै मञ्चमा देखिए चर्चित भारतीय गायक सोनु निगम। उनलाई मञ्चमा देख्दा हजारौं दर्शकदीर्घाबाट व्यापक हुटिङ र ताली बजेको थियो। आफ्नो सुपरहिट नेपाली गीत सुनाएपछि सोनुले पालैपालो आफ्ना एक दर्जनबढी हिट गीतहरू सुनाए।
‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टमा सोनुसहित २५ सदस्यीय ब्यान्डले दिएको साढे २ घण्टाको प्रस्तुति दर्शक गाउदै र नाच्दै रमाए। सोनु बेला बेला दर्शकसँग कुरा गर्दै मनोरञ्जन दिइरहेका थिए। आफ्नी श्रीमतीलाई सम्झिदै आफ्नो प्रेम बस्दाको गीत समेत गीत गुनगुनाए। सुरुमा ‘शेहजादा’ गीतबाट सुरु गरेका उनले ‘अल इज वेल’, ‘ये दिल दिवाना’, ‘पापा मेरी जान’, ‘मुझसे सादी करोगी’, ‘अभि मुझ मे कही’, ‘जिनके है चार दिन’लगायत गीतमा दर्शक झुमाए।
अन्त्यमा सोनुले ‘कल हो ना हो’ गीत गाउँदै कन्सर्टको बिट मारे। यो कन्सर्ट नेपाल टचको आयोजनामा भएको हो।
Categorized in साहित्य-कला

