राष्ट्रिय
-
२०७७ बैशाख २२, सोमबार
छायाँदेवी कम्प्लेक्सविरुद्ध आईएलओ र युएनमा निवेदन
काठमाडौं – छायाँदेवी कम्प्लेक्स प्रा.लि.विरुद्ध नेपालस्थित आइ.एल.ओ. र यु.एन. कार्यालयमा इमेल मार्पmत निवेदन परेको छ । ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनःस्थापना अभियानका सम्पदा अभियन्ता प्रेमराज शिल्पकारद्वारा सन् २०२० मे ३ तारिखमा छायाँदेवीविरुद्ध निवेदन दिएका थिए । विश्व प्रसिद्ध पर्यटन स्थल ठमेल जस्तो स्थानमा सम्पदा अतिक्रमण भइरहेको र यसमा नेपाल सरकारका विभिन्न निकायहरुले गैरजिम्मेवारपना...
-
२०७७ बैशाख २२, सोमबार
लायन्स क्लब र राउण्ड टेबलद्वारा पत्रकारहरुलाई राहत प्रदान
विजयरत्न असंबरे काठमाडौं – लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसंग सहकार्यमा नेवाः पत्रकार राष्ट्रिय दबूले ८० जना पत्रकारहरुलाई सोमबार राहत वितरण गरेको छ । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका प्रेसिडेण्ट सुर्यतेज शाक्यले पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्रचार्य र र महासचिव सुनील महर्जनलाई राहत सामग्री हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गर्नुभएको सामग्री लकडाउन...
-
२०७७ बैशाख २२, सोमबार
नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु
काठमाडौं – कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएपछि बाँकेको नेपालगञ्जमा मंगलबार (२३ गतेदेखि २५ गतेसम कर्फ्यु राख्ने निर्णय भएको छ । सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको थियो । संघीय सरकारले जारी गरेको लकडाउनसँगै नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख २३ गते मंगलबार बिहान...
-
२०७७ बैशाख २२, सोमबार
अपहरणसम्बन्धमा सांसद र पूर्वआईजिपीविरुद्ध निवेदन
काठमाडौं– सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले निवेदन दर्ता गरेको छ । सांसद डा. यादवले आफुलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध निवेदन दर्ता गरेको हो । प्रहरीले जाहेरी लिन नमानेपछि कानुनअनुसार सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गरिएको जनाइएको छ । सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी...
-
२०७७ बैशाख २१, आइतबार
थप ५ मा कोरोना संक्रमण पुष्टि, आजैमात्र १५ जना संक्रमित भेटिए
काठमाडौं – आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आइतबार मात्र १५ जनामा कोरोना संक्रमण पाइएको छ । याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या ७५ पुगेका छन् । थपिएका कोभिड–संक्रमितमध्ये ८ पुरुष र ७ महिला छन् र उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । संक्रमण पुष्टि भएका १५ जना शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय पुरुषको सम्पर्कमा आएकाहरु रहेको जनाइएको छ । आइतबार पुष्टि भएका...
-
२०७७ बैशाख २१, आइतबार
लकडाउन खुकुलो हुने : रेड, एलाे र ग्रीन जाेनकाे अवधारणा ल्याइँदै
काठमाडौं – कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले लकडाउन खुकुलो र खुला गर्ने रणनीति तयार गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको कोभिड–१९ बहिर्गमन रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो...
-
२०७७ बैशाख २१, आइतबार
वीरगञ्जमा थप एकजनामा कोरोना संक्रमण
काठमाडौं – वीरगञ्जमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज ३ छपकैयाका एक ३६ वर्षका पुरुषलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनको अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ । नयाँ संक्रमित थपिएसँगै नेपालमा ६० जनामा कोरोनाभाइरस देखिएको छ । तीमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् ।
-
२०७७ बैशाख २१, आइतबार
नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – नेपालगञ्जमा आइतबार एकैपटक ९ जना र वीरगञ्जमा १ जना गरी एकै दिन १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । संक्रमितहरु ७ देखि ५८ वर्ष उमेरका छन् । वीरगञ्जका संक्रमित भने ३६ वर्षका पुरुष हुन् । यससँगै नेपालमा कोरोना...
-
२०७७ बैशाख २०, शनिबार
ताप्लेजुङमा भीषण आगलागी, ७ घर र ११ पसल जलेर नष्ट
काठमाडौं – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति भीषण आगलागी भएको छ । बजारको एक खाजा पसलबाट सुरु भएको आगलागीबाट ७ वटा घर र ११ पसल जलेर नष्ट भएका छन् । आगो अहिले करिब नियन्त्रण लिइसकेको र आगलागी नियन्त्रणका लागि नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, प्रमुख जिल्ला अधिकारी निरौलाको टोली, मेयर र स्थानीयवासी खटेका थिए । घरमा रहेका ग्यास सिलिन्डरहरु पड्किएका कारण आगालागी नियन्त्रण गर्न...
-
२०७७ बैशाख २०, शनिबार
सगरमाथाको शिखरमा ५–जी
काठमाडौं (एजेन्सी)– विश्वको सर्वोच्च शिखर सगरमाथामा ५–जी दुरसंचार सेवा पुर्याइएको छ । चिनियाँ भेगबाट अब सगरमाथा चढ्ने पर्वतारोहीले अब शिखर पुगेपछि तीव्र गतिको ५–जी दुरसंचार सेवाको प्रयोग गर्न सक्नेछन् । चिनियाँ सरकारी माध्यमले शुक्रबार प्रकाशित समाचारअनुसार विश्वकै माथिल्लो भेगमा ५–जीको आधार स्टेशनको सुरुवात गरिएको छ । चिनिया दुरसञ्चार कम्पनी चाइना मोइबालका अनुसार यस आधार स्टेशन ६,५०० मिटरया...
-
२०७७ बैशाख २०, शनिबार
जाजरकोटमा नुन प्रतिकिलो ६० रुपैयाँ
जाजरकोट (रासस)– जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन । यातायातको रूपमा रहेको गतिलो माध्यम घोडा, खच्चड भने निर्वाध चलिरहेका छन् । कुशे गाउँपालिकाको पाँचकाटिया हुँदै बारेकोट र नलगाड...
-
२०७७ बैशाख २०, शनिबार
महोत्तरीमा अज्ञात रोगबाट ११ को मृत्यु
काठमाडौं – महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास वडा नम्बर १२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापतिको मृत्यु भएको छ । यस्तै भङ्गाहा वडा नम्बर ६ जमुनियाँका ४८ वर्षीय पलट साह पनि शनिबार मृत्यु भएपछि मृतकको संख्या ११ पुगेको हो । बर्दिवासको मेघरोल र भङ्गाहाको मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि...


